नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९९ पुग्याे



नेपालमा आज थप १७ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । आज सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९९ पुगेको छ ।

सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जना हुन। उनीहरु ९ देखि ४६ बर्ष उमेरका रहेको बताइएको छ ।

भगवानपुर गाउँपालिका वडा नं. ४ को ४ जना ३६, २६,२९,३७ वर्षिय पुरुष र नवराजपुुर गाउँपालिकाको १ जना गरी जम्म पाँच कोरोना संक्रमित भएको पुष्टी भएको छ ।

कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसुलेसनमा राखिएको छ । थपिएका संख्य गरी सिरहामा जम्मा ६ जना कोरोना संक्रमित पुगेको छ ।

कोरोना संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्