कोरोनालाई जिते बेलासेले- खल्तीमा दुई रुपियाँ छैन, तनावै तनाव छ।



लोकप्रिय हास्य टेलिभिजन शृृंखला भद्रगोलमा निर्दोष भावका साथ यो संवाद बोलेर लोकप्रियता कमाएका कलाकार सुवास कार्की ‘बेलासे’ कोरोनालाई जित्न सफल भएका छन्।

तत्कालीन भद्रगोलका निर्मातासमेत रहेका कार्की सेवाका सिलसिलामा घरबाट कार्यालय र कार्यालयबाट घर आउजाउ गर्ने क्रममा किनमेलका लागि सपिङ सेन्टर जाने आउने गर्दा थाहै नपाई कोरोनाको शिकार भएका थिए। उनी उपचारका क्रममा कोरोना देखिएपछि चिकित्सकको सल्लाहमा शुरूका केही साता लन्डनस्थित नयाँ निवासमै आइसोलेसनमा बसेका थिए भने पछि स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भएका थिए। उनीपछि उनकी पत्नी र सन्तानमा पनि कोरोना देखिएको थियो।

सुवासले कोरोना भाइरसलाई सामान्य नठान्न अनुरोध आप्ना दर्शकलाई आग्रह गरेका छन्। ‘कोरोना संक्रमण भएपछि निकै गाह्रो हुँदोरहेछ। मलाई त श्वास फेर्न र बोल्नसमेत निकै कठिन भएको थियो। बाँच्ने आशा नै हराइसकेको थियो, मरिन्छ कि जस्तो लागिसकेको थियो। समयमै उपचार पाएकाले र साथीभाइ, आफन्त र शुभ चिन्तकको माया र शुभेच्छाले ठीक हुन सकें।’ –सुवास भन्छन्। उनले सकेसम्म कोरोना संक्रमणबाट बच्नु नै बुद्धिमानी हुने र संक्रमण भइहाले आत्मबलले जितिने बताए। ‘मैले त आत्मबलले नै कोरोनाले जितें।’ –उनी भन्छन्।

करिब २ वर्षदेखि परिवारका साथ लन्डनमा बस्दै आएका सुवास लन्डनमा कोरोना देखिन थालेपछि धेरै साथीभाइ स्वदेश फर्के पनि विकसित शहरमा कोरोनाबाट बच्न सकिने आशामा उतै बसेका थिए। सुवास कन्सियर्ज (सुरक्षासम्बन्धी) को काम गर्छन्। उनी स्वास्थ्यकर्मी पत्नीको हस्पिटलको जागिर, छोराको नजिकिँदो एसएलसी, सानी छोरी र घर भर्खर किनेको कारण लन्डनमै बसेका थिए।

‘यहाँ केही भइहाल्यो भने पनि राम्रा हस्पिटल छन्, स्वास्थ्य सेवा राम्रो छ, उपचार राम्रो हुन्छ भनेर नेपाल फर्किनँ। कोरोनाले उग्ररूप लिएपछि यहाँको सरकारले लकडाउन ग¥यो’, सुवासले सुनाए– ‘बुढी बिना हस्पिटलमा काम गर्छिन्। हामी दुवैजना अत्यावश्यकीय सेवामा भएकाले काममा जानुपथ्र्यो र गइरह्यौं पनि। बुढीले पछि मेरो सल्लाहमा एनुएल लिभ लियो।

मेरो काममा रिस्क नभएकाले मचाहिँ सेवामा गईरहें।’ कार्यालयका साथीहरू दुई सातासम्मका लागि सेल्फ आइसोलेनमा बस्न बिदा लिन पाउने नियमानुसार भटाभट बिदामा बसे पनि सुवासले सेवालाई निरन्तरा दिइरहे। कोरोना फैलिएका कारण आफूसित काम गर्ने साथीहरूसँग पनि डराउनुपर्ने अवस्था आउन थालेपछि उनले दुई हप्ताका लागि सुविधाको वार्षिक बिदा लिएका थिए।

भोलिपल्ट सुवासलाई अचानक थकान र जिउ दुखेको महसुस भयो। स्वास्थ्यकर्मी पत्नीले उनको ज्वरो नापिन्। ज्वरो १०२.६ देखिएपछि प्यारा सिटामोल, पानी खुवाइन्। त्यस दिनदेखि सुवास छुट्टै कोठामा सुत्न थाले, छुट्टै शौचालय प्रयोग गर्न थाले। अस्पताल पुगेर परीक्षण गर्दा कोभिड–१९ पुष्टि हुन पुगेको थियो।

कोरोनालाई जितेपछि भने सुवास परिवारसँगै रमाइरहेका छन्। ‘कोरोना भाइरसबाट त मुक्ति पाइयो, अब भारतबाट कहिले मुक्ति पाइने हो?’ कोभिड–१९ बाट तंग्रिँदै जाँदा सुवासले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्