ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

ग्राण्डी इन्टरनेशनल अस्पतालको ल्याबमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलसनमा सारिएको छ । कोरोना प्रमाणित भएका ती कर्मचारी ग्राण्डीको ल्याबमा काम गरिरहेका थिए ।

उनलाई कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आईसोलसनमा लगिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले संचारमाध्यमलाई जानकारी गराउँनुभएको छ । ग्राण्डिका कर्मचारीको शनिवार विहान मात्र कोरोना पुष्टि भएको र दिउसो पाटन अस्पताल लगिएको र उनी कार्यरत ग्राण्डि अस्पतालको सम्बन्धित विभाग मात्र सिल्ड गरि कन्ट्रयाक ट्रेसिङ शुरु गरिएको जानकारी गराउनुभयो ।

शनिवार विहान कोरोना पुष्टि भएका काठमाडौका ३५ बर्षिय पुरुष ग्राण्डीका ल्याबका कर्मचारी भएको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ग्राण्डी र मनमोनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा र ग्राण्डिमा संक्रमितसँग प्रत्यक्ष जोडिएको एरिया शिल्ड गरि निर्मूलीकरण गर्ने र कन्ट्रयाक टे«सिङ लिने कामलाई सुचारु राख्दै सेवा अवरुद्ध नहुने गरि काम गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्