कोरोना संक्रमित भेटिएपछि पश्चिम नवलपरासीका गाउँ सिल



घनश्याम बगाले, नवलपरासी । 

पश्चिम नवलपरासीमा शुक्रबार पुष्टी भएका तिन संक्रमित मध्ये सुस्ताका ३५ वर्षीय पुरुषलाई क्वारेन्टाईनबाट भीम अस्पताल भैरहवा लगिएको छ ।

सदरमुकाम परासी स्थित घोडपालीका ३३ वर्षीय संक्रमित पुरुष र पम्फापुरकी १५ वर्षीय बालिकालाई भने आईसोलेसन तयारी भई नसकेकोले क्वारेन्टाईनमा नै राखिएको छ ।

क्वारेन्टाईनमा रहेकी बालिका केही दिन अघि भारतको राजापुर आफन्त कहां गएर घर फर्केकी थिईन । जस्का कारण बालिकाको घर क्षेत्र रामग्राम नगरपालिका १८ को पम्फापुर नजिकैको अर्को कोटीहवाडाडा कोभिड १९ संकट ब्यवस्थापन समितिको निर्णयमा सिल गरिएको छ ।

बालिकामा कोभिड १९ पुष्टी भएपछि उनका घरका ४ जनालाई नजिकैको पण्डीतपुर क्वारेन्टाईनमा पठाईको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भयो ।

यसैवीच नगरपालिका भित्र एकै दिन २ संक्रमित पुष्टी भए पछि सदरमुकाम रहेको रामग्राम नगर क्षेत्रका सम्र्पूण बैंक तथा वित्तीय संस्थाहरु १ हप्ताका लागि बन्द गरि बजारमा हिडडु गर्न समेत कडाई गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्