कोरोना अपडेट : विश्वभर तीन लाख ३९ हजार ९९२ को मृत्यु, ५३ लाख ३ हजार ३९३ संक्रमित



न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर तीन लाख ३९ हजार ९९२ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ५३ लाख ३ हजार ३९३ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, २१ लाख ५८ हजार ५१० जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ९७ हजार ६४७ जनाको मृत्यु भएको छ भने १६ लाख ४५ हजार ९४ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३६ हजार ३९३ जनाको मृत्यु भइसकेको छ भने २ लाख ५४ हजार १९५ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३२ हजार ६१६, स्पेनमा २८ हजार ६२८, फ्रान्समा २८ हजार २८९, इरानमा ७ हजार ३००, बेल्जीयममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२, नेदरल्याण्डमा ५ हजार ७८८, टर्कीमा ४ हजार २७६, स्वीजरल्याण्डमा १ हजार ९०३, ब्राजिलमा २१ हजार ११६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ५१६ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ३ जनाको मृत्यु भइसकेको छ । यस्तै, ७० जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्