संक्रमित युवकलाई राखिएको प्राथमिक स्वास्थ्य केन्द्र सिल



न्युज अफ नेपाल, नवलपरासी ।

भातरतको गुजरातबाट आएर क्वारेन्टाईनमा बस्दै गर्दा विरामी परेका ४५ वर्षीय युवामा कोभिड १९ पुष्टी भए पछि उनलाई कोरोना अस्पतालमा राखिएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी ६ का ति युवालाई शुक्रबार विहानै कोरोना अस्थाई अस्पताल भरतपुरमा भर्ना गरिएको हो ।
संक्रमित युवा यही जेठ १ गते भारतबाट सिमावर्ती सुस्ता क्षेत्रको बोधिनगर क्वारेन्टाईनमा आई २ दिन बसेको बुझिएको छ ।
बोधीनगरबाट जेठ ३ गते एम्वुलेन्सबाट आफ्नै गाउं आई विनयी ६ को क्बारेन्टाईनमा बसेको थिए ।

क्वारेन्टाईनमा बसेको तेश्रो दिनको सांझ युवामा ज्वरो देखिए पछि ७ गते विहान उनलाई प्राथमिक स्वास्थ्य केन्द्र चोरमाराको आईसोलेसनमा राखिएको थियो ।

ज्वरोका विरामी युवाको आईसोलेसनमा रहदा लिइएको नमूना स्वाव परीक्षण गर्दा उनमा शुक्रबार कोभिड १९ पुष्टी भएको हो ।
युवकमा अहिले ज्वरो नरहेको र अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । युवासंगै विनयी क्वारेन्टाईमा बसेका अन्य ६ जनाको पनि शुक्रबार नमूना स्वाव संकलन गरिएको छ ।

यसै वीच संक्रमित युवालाई आईसोलेसनमा राखिएको प्राथमिक स्वास्थ्य केन्द्र चोरमाराका सम्पूर्ण सेवा अर्को सूचना नआउदा सम्म्का लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्