भारतबाट डडेल्धुराका तीन सय बढिको उद्दार



राम धामी, डडेल्धुरा ।

नेपाल भारतको सिमाना गौरीफन्टाबाट उद्दार गरिएका तीन सय बढी व्यक्तिलाई डडेल्धुरा पुर्‍याइएको छ ।

बिहिबार दिनभरी उद्धार गरी केही व्यक्तिलाई सोही राति केही व्यक्तिहरु शुक्रबार दिउसो गरेर तीन सय तीन जनालाई डडेल्धुरा पु¥याएर सम्बन्धित स्थानीय तहमा पठाएर स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरीक कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गन्यापधुरा गाउँपालिकाका १६ जना, अमरगढी नगरपालिकाका ३२ जना, परशुराम नगरपालिकाका २६ जना, भागगेश्वर गाउपालिकाका ५५ जना र अजयमेरु गाउँपालिकाका ९४ जनालाई भारतीय सिमाक्षेत्रबाट उद्धार गरि डडेल्धुरा पुर्‍याएको हो । उनीहरुलाई डडेल्धुरा सदरमुकामबाट सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

विश्व महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) का कारण भारतका विभिन्न क्षेत्रमा अलपत्र गरि घर आउन चाहेकाहरुलाई कैलालीको त्रिनगर भन्सार (गौरीफन्टा) नाकाबाट सक्रियतापुर्वक उद्धार गरिएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए । ‘उद्धार गरी गाउँपालिका पुर्‍याइएका व्यक्तिहरुलाई सात दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्नेहुन्छ र सात दिनपछि पिसिआर परिक्षण गरेर सोको रिर्पोटका आधारमा घर पठाइनेछ ।’ उनले भने ।

अजयमेरु गाउँपालिकाका शुक्रबार पनि ३५/३६ जना सिमाबाट गाउँपालिका आउँदै गरेका र उनीहरुका लागि पनि क्वारेन्टाइनको व्यवस्थापनमा रहेको समेत अध्यक्ष भट्टले बताए । जिल्लाको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले गौरिफन्टा नाकाका साथै सुदूरपश्चिमका बिभिन्न नाकाहरुबाट नगरबासीहरु स्वदेश फर्किन थालेपछि क्वारेन्टाईन ब्यवस्थापन गर्न निकै चुनौती थपिएको बताए ।

 

उद्धार गरी डडेल्धुरा पुगेका सवै जनाको पिसिआर जाँच गर्ने र जाँचका आधारमा उनीहरुलाई घर पठाइने डडेल्धुराका लागि कोभिड–१९ सम्र्पक व्यक्ति स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्ट्रोल कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्टले बताए । उनले भने, ‘१४ दिन अनिवार्य क्वारेन्टाइन हो, क्वारेन्टाइन बसेको सात दिनमा पिसिआर गर्ने र पिसिआरको रिर्पोट आएपछि पनि सात दिन गरि १४ दिन क्वारेन्टिन राख्नु पर्ने हो तर डडेल्धुरामा धेरैको संख्यामा मानिसहरु भित्रिन थालेको र यहाँ रहेका क्वारेन्टाईनहरुको क्षमताले धान्न नसक्ने भएको हुँदा सात दिनमा पिसिआर गर्ने र नेगेटिभ आएका व्यक्तिलाई पुन होम क्वारेन्टाईन राख्ने गरि व्यवस्था गरेका छौँ ।’

डडेल्धुराबाट शुक्रबारसम्म तीन सय १८ जनाको स्वाव संकलन गरि पठाएको र तीन सय १६ जनाको रिर्पोट नेगेटिभ आएको र दुई जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । स्वदेश फर्किने नागरिकहरुको संख्या बढ्दै गएपछि स्थानीय तहलाई क्वारेन्टाइन ब्यवस्थापन गर्न समस्या उत्पन्न भएको भन्दै जिल्लास्थित बिभिन्न गैर सरकारी संघ संस्थाहरुले स्थानीय तहलाई सहयोग गर्न थालेका छन ।

जिल्लाका सातओटै स्थानीय तहमा खाद्यानका साथै सरसफाई सामाग्री वितरण गरेको डडेल्धुरा सदरमुकामस्थित एकीकृत विकास समाजले आलिताल र परशुराम नगरपालिकाकालाई क्वारेन्टाइनका लागि आवश्यक खाट, लत्ताकपडा, बाल्टिन, जग लगायतका सामाग्री हस्तान्त्ररण गरेको सो संस्थाकी कार्यकारी निर्देशक पदमा गुरुङले बताइन ।

प्रतिक्रिया दिनुहोस्