एन्फाद्वारा पहिलोपटक लिगको प्राविधिक रिपोर्ट पुस्तक सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक लिगको प्राविधिक रिपोर्ट पुस्तक शुक्रबार सार्वजनिक गरेको छ।

गत बर्ष समापन भएको सहिद स्मारक ए डिभिजन लिग २०७६ बारे रिपोर्ट एन्फाले तयार पारेको हो।

सो प्राविधिक पुस्तकमा लिगमा सहभागि टिम, कति गोल भएको, कति वटा रातो कार्ड, कति वटा पहेलो कार्ड दिएको, इत्यादि कुरा समेटिका छन् । ८० पृष्ठको पुस्तकमा ए डिभिजन लिगको इतिहास पनि समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्