एन्फाले राखेपलाई लिगकाे प्राविधिक रिपाेर्ट बुझाउने



न्युज अफ नेपाल, काठमाडाैँ।

अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक रिपोर्ट शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाउने भएको छ । कोरोना भाइरसका कारण हाल खेलकुद स्थगित रहेको अवस्थामा एन्फाले पहिलो पटक राखेपलाई प्राविधिक रिपोर्ट बुझाउने भएको छ ।

उक्त प्राविधिक रिपोर्टमा अहिलेसम्म भएका लिगको विजेताको नाम, लिगमा भएका सबै गतिविधि, पहेलो कार्ड, रातो कार्ड, कुन क्लबले कति गोल गर्यो लगायतका सबै जानकारी हुनेछ । यो परिषद्लाई हस्तान्तरण भन्दापनि टेक्निकल रिपोर्टको उद्घघाटन जस्तो हुनेछ । अबदेखि हरेक संस्करणका लिगपछि त्यसको टेक्निकल रिपोर्ट बुझाइनेछ ।

जसमा सबै प्राविधिक पक्षको जानकारी हुनेछ । एन्फाका तर्फबाट लिग कमिटीका संयोजक विज्ञानराज शर्मा र परिषद्का तर्फबाट सदस्यसचिव रमेश सिलवालको उपस्थिति हुनेछ । त्यस्तै एन्फाले चाँडै नै आफ्नो आधिकारीक वेबसाईट पनि पुन लन्च गर्ने तयारी गरेको छ । जसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्