लोकल फौजी किराले मकैबाली सखाप



सीताराम अधिकारी, धादिङ ।

दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ कल्लेरीटार र वडा नम्बर ६ जिन्टेटारमा पौजी किराको आक्रमणबाट मकैबाली नष्ट भएपछि किसानहरुचिन्तित भएका छन् ।

कृषि प्राविधिकले सिफारिस गरेको विषाधी प्रयोग गर्दा पनि फौजी किरा नमरेपछि किसानहरु निरास भएको मकै किसान ऋषिराम नेपालले बताउनु भएको छ ।

कालोकालो लार्भाले सबै मानिसको मकै खाएर यसवर्ष उत्पादन नै लिन नसकिने अवस्थामा पुर्याएको ९ मकै किसान कृष्णप्रसाद खतिवडाले बताउनुभएको छ ।

कल्लेरीर, घर्तीटार, सालटार, फोस्रेटार बेलिनिटार, जिन्टेटार लगायतका क्षेत्रमा लगाइएकोमकै खेती सखाप हुने अवस्थामा आएको छ । कल्लेरीटार, घर्तीटारमा मात्र १ हजार ५ सय रोपनी जग्गामा लगाएको कमै खेती नष्ट भएको र उपचारमा लाग्दा समेत नियन्त्रण गर्न कठिन भएको गल्छी गाउँपालिकाका कृषि प्राविधिक जेटिए टिकाराम खतिवडाले जानकारी दिनुभयो ।

मकैको गुबो, जरामा र पातमा समेत किराले खाएपछि कल्लेरीटारका किसानहरुले कृषि प्राविधिकलाई देखाएका थिए ।

मकैको गुबोमा बसेर खान थालेपछि पात खाने र जरा समेत खाने खालको फैजी किरा देखिएको हो यस किसिमको फौजी किरा एकसाता अघिसम्म कता कतै मात्र देखिएको थियो । अहिले जताततै मकैबाली खाएर यसवर्ष उत्पादन गर्न नसकिने अवस्थामा पुगेको रामचन्द्र खतिवडाको भनाइ छ।

विज्ञहरुले फौजि किरा लाग्न नदिनका लागि मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्न, घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने, बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने, मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउने, डेस्मोडिअम घाँस यो कीरालाई मन नपर्ने हुनाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने गर्नु पर्ने हुन्छ ।

कृषि प्राविधिक खतिवडाका अनुसार मकैको पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने तथा मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्नेगरी छर्ने गर्नुपर्ने हुन्छ ।

मकै बालीमा फौजी किराले सखाप पारेपछि गाउँपालिकाले चासो नदेखाएको र नियन्त्रणमा सहयोग नपुर्याएको किसानहरुको गुनासो छ।

खाद्यान्न भन्दै इट्टा ल्याएपछि प्रहरीले पक्राउ गर्यो ।

धादिङबेसी सदरमुकाममा विगत केहि दिन देखि औषधी पसल बाहेका सबै अत्यावश्यक सेवा भित्र पर्ने पसलहरु बन्द छन् । भने सुरक्षाकर्मी, एम्बुलेन्स, शव बहान संचारकर्मीको सवारी साधन भन्दा अन्यलाई प्रवेश रोक लगाईएको छ ।

प्रवेशको रोकलाई वास्तै नगरि धादिङबेसी स्थित त्रिवेणी चोकमा रहेको राम लक्ष्मण इन्टरप्राईजेजले बिहिबार बिहान रौतहटबाट दुई ठुला ट्रकहरुमा अगाडी खाद्यान्न लेखेको बोर्ड टाँसेर इट्टा ल्याएपछि स्थानीयले विरोध जनाएका छन् ।

स्थानीयहरुको विरोध पछि शसस्त्र प्रहरीले रौतहटबाट इट्टा ल्याउने ना ६ ख ७०३१ र ना ७ ख २७६० नम्बरका दुबै ट्रकलाई नियन्त्रणमा लिई शसस्त्र प्रहरी कार्यालय अगाडी सडकमा राख्ने र सरोकारवाला बीच छलफल चलाउने तयारी गरेको छ ।

ट्रकका चालक र सह(चालकहरु मकवानपुर निवासी कृष्ण कार्की र विवेक विष्ट, रौतहट चन्द्रपुर निवासी निराजन लामिछाने र दिपेश मगरलाई ट्रकबाट झर्न नदिईएको प्रहरीले जनाएको छ ।

उक्त ट्रकमा राम लक्ष्मण इन्टरप्राईजेजले पि.के.जे. इट्टा उद्योग गरुडा रौतहटबाट ल्याएको इट्टा ज्वालामुखी कन्ट्रक्सन हुँदै नीलकण्ठ नगरपालिका १४ को गौरी शंखर आधारभुत विद्यालयमा लैजाने तयारी थियो ।

कोभिड (१९ को संक्रमण रोक्न धादिङबेसीमा नीलकण्ठ वडा नं. ३ र टोल सुधार समितिले अत्यावश्यीय सामाग्री समेत ढुवानी तथा विक्रि गर्न रोक लगायका छन् ।

यहि सिलसिलामा केहि दिन अघि धादिङबेसी स्थित दुवाडी एग्रेटले ल्याएको कुखुराको दाना बोकेको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिइएको थियो । भने बुधबार दुवाडी एग्रोभेटले ल्याएको कृषि जन्य सामाग्रीहरु ससाहमा नै रोकी स्थानीय गाडीमा ढुवानी गर्न स्थानीय प्रशासनले निर्देशन दिएको थियो ।

यसै बीचमा खाद्यान्न सामाग्री लेखेर इट्टा बोकेको दुई ठुला ट्रकहरु बीचका कयौं प्रहरी चेकीङ पार गरेर धादिङबेसी बीचबजार आईपुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्