पारदर्शी पीपीई पहिरनमा नर्स पुरुष कोरोना वार्डमा



मस्को, (एजेन्सी)
रुसको एक अस्पतालको पुरुष कोरोना वार्डमा पारदर्शी पीपीई किटभित्र अन्डरगार्मेट्स लगाएकी महिला नर्सको तस्वीर सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ । महिला नर्सको यो व्यवहारलाई लिएर रुसी स्वास्थ्य मन्त्रालयले अनुशासनात्मक कारबाही गर्न अनुमति दिएको छ ।

नर्सले युनिफर्मको नियम तोडेकाले उनीविरुद्ध कारबाही हुने मन्त्रालयको एक बयानमा उल्लेख गरिएको छ ।
मस्कोबाट १ सय माइल दूरीस्थित टुलाको रिजनल क्लिनिकल हस्पिटलमा एक बिरामीद्वारा उक्त तस्विर सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो ।

यद्यपि सम्बन्धित अस्पताल प्रशासनले ती नर्सविरुद्ध कुनै कारबाही गरेको छैन । नर्सले आफ्नो सफाइमा अस्पताल प्रशासनसँग आफूले लगाएको उक्त पीपीई किट धेरै नै पारदर्शी छ भन्ने थाहा नभएको बताएकी थिइन् ।

अस्पताल प्रशासनको जाँचका क्रममा शुरूमा महिलाले पीपीई किटभित्र अन्डर गार्मेन्ट्स लगाएको भनिएको थियो । तर पछि त्यो अन्डर गार्मेन्ट्स नभई स्विमिङ सुट भएको दाबी गरियो । नर्सले घटनालाई लिएर सार्वजनिकरूपमा कुरा गरेकी छैनन् । अनुशासन कारबाहीको पँरा विवरण बाहिर ल्याइएको छैन ।

यद्यपि सामाजिक सञ्जालमा कयौंले नर्सलाई समर्थन पनि गरेका छन् भने कयौंले आलोचना पनि गरेका छन् । समर्थकले अस्पताल प्रबन्धकमाथि चिच्याउनुपर्ने बताउँदै महिला नर्सले गर्मीका कारण त्यस्तो गरेको बताएका छन् । अन्य केहीले कोरोना भाइरस संक्रमणका कारण अत्यन्त निरासामा डुबेका बिरामीमा आशाको सञ्चार गरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्