कोरोना संक्रमित महिलाबाट स्वस्थ शिशुको जन्म



मुम्वइ,(एजेन्सी) ।

पश्चिमी भारतको मुम्वइस्थित अस्पतालमा नोवल कोरोना भाइरस संक्रमित महिलाहरुबाट एक सय जना भन्दा बढि स्वस्थ शिशुको जन्म दिएका छन् । गत महिना मुम्वइको लोकमाया तिलक म्युनिसिपल जनरल हस्पिटलमा संक्रमित आमाहरुबाट जन्मेका १ सय १५ जना शिशु मध्ये तीनजना शिशुमा पनि भाइरस भेटिएको थियो ।

तर पछि गरिएका परिक्षणबाट तिनीहरुको रिपोर्ट नेगेटिभ आएको डाक्टरहरुले बताएका छन् । सोहि अस्पतालमा दुईजना संक्रमित गर्भवती महिलाको मृत्यु भएको थियो । ति मध्ये एकजनाको बच्चा जन्माउनु भन्दा अघि नै ज्यानग एको थियो ।

भारतमा अहिले सम्म झण्डै २४ हजार जना संक्रमित भइसकेका छन् भने ८ सय ४० जना भन्दा बढिको मृत्यु भइसकेको छ । भारतको मनोरन्जन तथा अर्थिक राजधानीको रुपमा चिनिने मुम्वइ अहिले कोभिड १९ को केन्द«विन्दु बनेको छ ।

प्रतिक्रिया दिनुहोस्