बीमालेख धितो कर्जामा ब्याज छुट



काठमाडौं, (नेस)

बीमा कम्पनीबाट आफ्नो बीमालेख धितो राखेर कर्जा लिने बीमितले लकडाउन अवधिभरका लागि आफँले तिर्नुपर्ने ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन्।

बीमा समितिले बुधबार बीमा कम्पनीहरूलाई लकडाउन अवधिभरका लागि बीमितले तिर्नुपर्ने ब्याजमा १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ। यसका लागि बीमितले लकडाउन समाप्त भएको एक महिनाभित्रमा ब्याज भुक्तानी गर्नुपर्नेछ।

बीमितले आफ्नो बीमालेख धितोमा राखेर आफँले तिरेको प्रिमियमका आधारमा बीमा कम्पनीबाट कर्जा लिनसक्ने व्यवस्था छ। लकडाउन अवधिभरमा सबै क्षेत्र प्रभावित भएको भन्दै बीमा समितिले बीमितलाई यस्तो सहुलियतको नीतिगत व्यवस्था गरेको हो।

बीमा समितिले विश्वभर कोभिड–१९ ले प्रभावित पारिरहेको अवस्थामा अत्यावश्यक बीमा निरन्तरका लागि भन्दै बीमा समितिले सम्पँर्ण बीमा कम्पनीलाई ‘बीमकको सँचना प्रविधि मार्गदर्शन २०७६’को अधीनमा रही अनलाइनमार्फत बीमा लेख जारी गर्न निर्देशन दिएको छ।

लकडाउन अवधिभर बीमा कम्पनीहरूले अनलाइनबाट भर्चुअल तालिम प्रदान गर्न सक्नेछन्। बीमा कम्पनीहरूले व्यवस्थापन खर्च गर्ने प्रस्ताव बीमा समितिमा पेस गर्न सक्नेछन्। बीमा कम्पनीले पेस गरेको प्रस्तावका आधारमा बीमा समितिले स्वीकृति दिनेछ।

 

प्रतिक्रिया दिनुहोस्