संक्रमण फैलन नदिन थप सतर्कता(फाेटाेफिचर)



माेतिराम तिमल्सिना, काभ्रे ।

धुलिखेल अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक घर भएकी २९ बर्षिया ११ दिनकी सुत्केरी महिलाको कोरोना भाईरसकै कारण निधन भए पछि काभ्रेपलाञ्चोक जिल्लाले संक्रमण फैलन नदिन थप सतर्कता अपनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाट विभिन्न पहलकदमी तथा प्रयासहरु निरन्तर भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो ।

प्रजिअ तिमल्सिनाका अनुसार सुरक्षा निकाय, स्वास्थ्य कार्यालय काभ्रे, सबै स्थानीयतहहरु, राजनैतिकदलहरु, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, संचारकर्मी, विभिन्न संघसंस्था सबैको एकिकृत प्रयासमा जिल्लालाई सुरक्षित बनाउने प्रयास गरिएको छ । अत्यावश्यक वस्तु तथा आपुर्ति सेवा सञ्चालनमा रहेको, अन्य क्षेत्रमा लक डाउन प्रभावकारी रुपमा कार्यान्वयन भएको उहाँले बताउनु भयो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाबाट विभिन्न पहलकदमी तथा प्रयासहरु फाेटाेमा हेर्नुहाेस ।

तस्वीरः माेतिराम तिमल्सिना

 

र याे पनि

के गर्दैछ काभ्रेपलाञ्चोक जिल्लाको कमाण्ड पोष्ट !

प्रतिक्रिया दिनुहोस्