एआईआईबीले ऋण लगानी गर्ने



काठमाडौं, (नेस)।

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपालको विद्यत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना कार्यान्वयनका लागि १३ अर्ब ७० करोड रुपियाँ ऋण सहयोग दिने भएको छ । सोमबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त आयोजनालाई आवश्यक पर्ने करिब २२४ मिलियन अमेरिकी डलरमध्ये युरोपेली लगानी बैंकबाट यसअघि नै १३ अर्ब २० करोडको ऋण सम्झौता भइसकेको छ ।

एसियाली पूर्वाधार लगानी बैंकले नेपालमा सरकारी क्षेत्रमा गरेको यो पहिलो लगानी हो । आयोजना सन् २०२३ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्