ए केपी बा ए प्रचण्ड बा -नालापानी लिपुलेक हेर्न मन छ



गायक अस्मिन घिमिरेद्वारा समसामयिक विषयमा तयार पारिएको गीत मलाई नालापानी लिपुलेक हेर्न मन छ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

समय सान्दर्भिक तथा देशभक्ति राष्ट्रिय गीत गायक घिमिरेले नै रचना गरेका हुन्। गीतमा देशका शीर्षस्थ नेताहरूलाई नालापानी र लिपुलेक हेर्न मन लागेको उल्लेख गरिएको छ।

गीतमा भनिएको छ–

ए केपी बा ए प्रचण्ड बा मलाई नालापानी हेर्न मन छ
ए माधव बा ए शेरबहाखुर बा मलाई नालापानी हेर्न मन छ
सिक्किम हाम्रै हो, दार्जलिङ हाम्रै हो
त्यसको नाम फेर्न मन छ।

कपिल घिमिरेको संगीत रहेको गीत प्रकाश केसीले एरेन्ज गरेका हुन्। गीतको म्युजिक भिडियो पनि बनाइएको छ, जसमा दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा, शोभित बस्नेत, बद्री पंगेनी, जयकिसन बस्नेत, जान्हवी बस्नेत, अनुप भट्टराई, अर्जुन भुसाल, उत्सव अधिकारी, पुष्कर लामा, काव्य कार्की, दीपकराज पाठक, सुधिर नेपाल, कृष्ण भट्टराई, स्मिन घिमिरेलगायतलाई देखिन्छ।

रवि अधिकारीको कन्सेप्ट रहेको गीतको भिडियो भोला सुवेदी (आर जे प्रनव)ले निर्देशन र सम्पादन गरेका हुन्। राजिव बस्नेत र भोला सुवेदीको छायांकन गरेको यो गीत उषा थापाले निर्माण गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्