प्रशिक्षणमा फर्किए रोनाल्डो



लन्डन, एजेन्सी ।

युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुई महिना भन्दा बढि समयपछि नयाँ हेयर स्टाइलमा मंगलबार टिमसँग प्रशिक्षणमा फर्किएका छन् ।

कोरोनाका कारण इटालियन सिरी ए लिग स्थगित भएपछि पोर्चुगल फर्किएका रोनाल्डो दुई साताअघि आफ्नो निजी विमानबाट इटाली फर्केका हुन् । उनी आफ्नै घरमा दुई साता सेल्फ क्वारेन्टिनमा बसेका थिए ।

१४ दिन घरमा क्वारेन्टिनमा बस्दा पनि रोनाल्डोले आफ्नो अभ्यासलाई भने रोकेका थिएनन् । लामो समयपछि टिम प्रशिक्षणमा फर्कदा रोनाल्डो नयाँ हेयर स्टाइलमा देखिएका छन् । उनले कोरोना संक्रमणपछि पहिलो पटक खेलाडीसँग भेट्न पाएका छन् । तर, प्रशिक्षणमा पनि खेलाडीहरुले सामाजिक दुरी भने कायम राखेका छन् ।

क्लबहरुले प्रशिक्षण शुरु गर्न थाले पनि इटाली सरकारले भने अझै सिरी ए सुचारुका लागि स्विकृती दिन बाँकी रहेको छ । लिग जुनको दोस्रो हप्ताबाट सुचारु हुने सम्भावना रहेको बताइएको छ । तर, सरकारले भने लिग सुचारू गर्नुअघि सम्पूर्ण खेलाडीहरुको स्वास्थ्य परिक्षण तथा सामाजिक दूरी लगायतका नियमहरू अनिवार्य रुपमा पालना गर्नुपर्ने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्