विश्वासको दियो ल्याइन् ताराले



कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशमा लकडाउन जारी छ। यस समयलाई कलाकर्मीले भने आआप्नो सिर्जना सार्वजनिक गर्ने उपयुक्त अवसरका रूपमा उपयोग गरेका छन्।

कलाकर्मीहरूले विभिन्न माध्यमबाट आप्ना सिर्जना सार्वजनिक गरिरहेका छन्। यसै क्रममा गीतकार तारा अधिकारीद्वारा रचित अर्को गीत विश्वासको दियोको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।

राज सिग्देलद्वारा स्वरबद्व गीतमा कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ। लिरिकल भिडियो भने नहकुल खड्काले तयार पारेका हुन्।

लकडाउनका कारण भिडियो छायांकन गर्न नपाएपछि सुनौलो तारा एल्बममा समावेश यो गीतको पनि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताइन्। यो गीत सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्