दर्शकदीर्घामा सेक्स डल राखेपछि



सियोल,एजेन्सी ।

कोरोना भाइरसको कारण खाली रंगशालामा खेलाउँदाको वातावरणमा सुधार गर्न क्लबहरुले नयाँ नयाँ जुक्ति अपनाइरहेको छ । यसै क्रममा कोरियाली घरेलु लिग के लिगअन्तर्गत् एक खेल दौरान सेक्स डल (पुतला) रंगशालामा सजाइयो । तर यो जुक्तिमा दर्शकहरुले आलोचना गरेका थिए ।

यसपछि सो खेलमा सहभागि टोली एफसी सियोलले माफी माँग्नुपरेको थियो । सियोल के लिगको शीर्ष टोली समेत हो । सियोलले सेक्स पुतला बनाउने कम्पनीले क्लबलाई उपलब्ध गराएको र त्यही दर्शकदीर्घामा राखेकोमा माफी माँगेको थियो । केही पुतलाहरुमा एक्स रेटेड वेबसाइटको चिह्न अंकित थिए ।

दक्षिण कोरियामा पोर्नाेग्राफी प्रतिबन्ध छ । पुतला उत्पादन गर्ने कम्पनीले पनि सियोलसँग माफि माँगेको थियो । सियोलले आइतबार के लिगको यस सिजनमा घरेलु मैदानमा पहिलो खेल खेलेको थियो । रंगशाला खाली थियो, कम्पनीले डाल्कमलाई फोन गरेर खाली सिटमा केही भर्न प्रस्ताव राखेको थियो । यसमा क्लब पनि सहमतिमा थियो ।

३० वटा पुतला ल्याइएकोमा २८ वटा महिलाको थियो । तर दर्शकहरुले अनलाइनमा खेल हेर्दा पुतलाहरु धेरै जसो सेक्स डल जस्तै देखिएको महसुस गरेका थिए । सामाजिक संजालमा केही दर्शकले आफ्नो विचार राखेपछि क्लबले पनि माँफी माँगेको थियो । डाल्कमका निर्देशक चो योंग जुनले बीबीसीलाई बताए—हेयरब्यान्ड र लोगोमा ध्यान जाँदा इस्यु बढेको हो । नत्र त हामीले सबै जसो लोगो खेल शुरु हुन अघि नै हटाएको थिए ।

प्रतिक्रिया दिनुहोस्