प्रवासमा रहेका नेपालीको चित्कार नेपाल सरकारले सुनेन



भूपराज बस्याल,काठमाडौं ।

प्रवासमा रहेका नेपालीहरुको चीत्कार नेपाल सरकारले नसुनेको आरोप युएईमा रहेका नेपाली समुदाय र राजनीतिक संघसंगठनहरुले लगाएका छन् । नेपाल पत्रकार महासंघ शाखा युएईको संयोजनमा युएईमा क्रियासिल विभिन्न संघ सस्था र पत्रकार बीचहरु बीच सनिवार भएको अनलाइन छलफलमा वक्ताहरुले यस्तो धारणा राख्नु भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा जागिर गुमाएका,बेतलबी बिदामा रहेका, गर्भवती, बालबच्चा, विद्यार्थी, दिर्घ रोगी र भिजिट भिसामा बिचल्ली परेका नेपालीलाई प्राथमिकता साथ तत्काल नेपाल फर्काउन सरकारसँग बारम्बार गरेको अनुरोध बेवास्ता गरेको उहाँहरुको आरोप थियो ।

छलफलमा बोल्दै युएईको पुरानो सस्था नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकालले युएईमा रहेका समाजिक क्षेत्रमा सक्रिय संघसस्थाहरुसंग सहकार्य गर्दै हालसम्म करिब १५ सयलाई राहत वितरण गरेको बताउनुभयो । सरकारले बिदेशमा रहेका नेपालीहरुलाई राहतको प्याकेज नल्याएपछी यहाँ अलपत्र परेका नेपालीहरुको लागि आफुहरुले काम गरिरहेको उहाँले बताउनुभयो ।

त्यस्तै युएईमा अर्को राहतको अभियान चलाएको गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष पासाङ शेर्पाले एक लाख ३० हजार दिराम अर्थात् (४२ लाख रुपैया) बराबरको खाद्यान्न वितरण गरिसकेका बताउनुभयो । यस्तै अवस्था रहिरहे अब धेरै दिन राहतको लागि आर्थिक अवस्थाले थेग्न नसक्ने उहाँहरुको भनाइ थियो ।

प्रवासी नेपाली मन्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, श्याम पाठक, जनसम्पर्क समिति युएईका सभापति भवानी तिमिल्सिना, चित्र केसी, अन्तर्रा्ष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चन, उत्तम अधिकारी, नेपाली प्रबासी एकता मन्च मध्यपूर्व संयोजक तोयनाथ लम्साल, गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, नेपाल पत्रकार महासंघ शाखा युएई निवर्तमान अध्यक्ष भुपराज बस्याल, नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यवाहक अध्यक्ष मेघराज सापकोटा, पत्रकार बिनोद श्रेष्ठ लगायतको सहभागिता रहेको छलफलका वक्ताहरुले सरकारले आवश्यकताअनुसार स्कुल, कलेज, होटललाई अस्थायी क्वारेन्टाईन बनाई सरकारी मापदण्डअनुसार नेपाल फर्केका प्रवासी नेपालीहरुलाई व्यवस्थापन गर्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्