गोसाइकुण्डमा गंगा दशहरा मेला शुरु, चहलपहल शून्य



न्युज अफ नेपाल, रसुवा ।

जेष्ठ शुक्लपक्ष प्रतिपदाबाट लाग्ने गोसाईकुण्डमा मेला लाग्ने गंगा दशहरा मेला जेठ १० गतेबाट शुरु भएको छ ।

यस पटक विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणका कारण चहलपहल भने शुन्य रहेको छ । वर्षेनी दशौ हजार मानिस आउने यस ठाउँमा अचेत शुन्यता छाएको छ । लाङटाङ राष्ट्रिय निकुन्जको चेकपोष्टमा भ्याई नभ्याई हुन्थ्यो स्वदेशी नभई विदेशीको आइरो लाग्ने गर्दथ्यो । आजभोली मरुभुमी झै सुनसान छ ।

वर्षेनी गोसाईकुण्डमा २ पटक मेला लाग्दछ । गंगा दशहरा मेला र जनैपुर्णिमा मेला भर्न रसुवा, नुवाकोट, सिन्धुपाल्चोक भएर तिनतिरकोबाट भएर पुग्न सकिन्छ काठमाण्डौबाट एक सय १७ किलोमिटर झण्डै नौ घण्टा बसको यात्रा गरी धुन्चे बास बसेर भोलिपल्ट चन्दनबारी हुँदै गोसाईकुण्ड पुग्न सकिन्छ । त्रिशुली नदीको उदगमस्थल त्रिशुल धारा गोसाइकुण्ड लगाएत एक सय आठ कुण्डहरु अमर सिंह गुफा लगाएत ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको गोसाईकुण्ड क्षेत्र भ्रमण गर्दा वन्यजन्तु चरा चुरुङगी, पुतली, जडिबुटी, गुम्बा, धार्मिक ठाउँ विभिन्न सांस्कृतिक भेषभुषा र ज्ञानगुनका कुुराहरुको जानकारी पाउन सकिने भएकाले यस क्षेत्रको महत्व निकै महिमा रहेको छ ।

गोसाईकुण्डको अनुकम्पाले हिन्दु मात्र नभई बौद्ध र बोन र (बोम्बो झाँक्री) धर्मका अनुयायीहरु विशेष गरी तामाङ जातीले यो कुण्ड लार्
असाध्ये मान्ने गर्दछन यस कुण्डमा स्नान गरेपछि दुःख विमार ग्रह दशा टनै मनले चिताएका पुग्ने जन विश्वास रहि आएको छ भने गोसाईकुण्ड विश्व सिमसार सुचिमा सुचिकृत हिमताल हो । यो कुण्डमा जिवनमा एक पटक पुग्ने पर्ने ठाउँ रहेको छ । धार्मिक साँस्कृतिक जैविक विविधिता सँग प्राकृतिक रुपमा सुन्दर देखिने डाँडापाखा वनजंगल सिमसार जंगली तथा घरेलु पशुपंछीहरुको पनि संरक्षण गर्नुपर्ने देखिन्छ ।

तर विश्वव्यापी रुपमा नै फैलिएको कोभिड-१९ को संक्रमण फैलिएपछि सरकारले लकडाउन गरे सँग मानिसको आवत जावत घटेको छ । सम्पुर्ण पर्यटन क्षेत्र सुस्ताएको छ । होटल व्यवसायीहरु धधारपमा परेका छन् । लकडाउन हुनु भन्दा पहिले दैनिक रुपमा खचाखच हुने हृुल अहिले शुन्य छ बाह्रै महिना दुई मेला बाहेक करिब साह्रे दुई सय हाराहारीमा स्वदेशी तथा विदेशीको आगमन हुन्थ्यो । गोसाईकुण्डमा कहिल्ये खालि नै नहुने थियो अहिले सुनसान भएको सिङगुम्बाका होटल व्यवसायी पासाङ घ्युर्मी तामाङले बताउनु भयो ।

यस्तै बेत्रावति, कालिकास्थान, धुन्चे, टिमुरे, स्याफ्रु, वेत्रावति, कालिकास्थानका मुख्य बजारहरु पनि सुनसान रहेकोछ । पछिल्लो यस समयमा दैनिक रुपमा आन्तरिक तथा बाध्य पर्यटक ५० देखि ६० जना आउथे। होटलमा बस्ने कोठा नभएर अन्त पठाउन पर्ने हुन्थ्यो । अहिले शुन्यता छाएको धुन्चेमा नमस्ते गोसाईुकण्ड नामक होटल सन्चालन गर्दै आएका निशान गजुरेल बताउनु हुन्छ ।

भिजिट नेपाल २०२० मा धेरै पर्यटकहरु भित्र्याउने स्थानिय सरकारले धेरै लगानी गर्‍यो तर माहामारीको रुपमा फैलिएको कोभिड १९ ले बै चकनाचुर नै बनायो । जिल्लामा ५ सय गाउँपालिकाहरु रहेका छन सबैले आ-आफ्नो क्षेत्रबाट पहल भएपनि देश नै लकडाउन भइरहेको बेला आर्थिक संकट नै परेको छ । यस पटक गोसाईकुण्ड मेला मानिसहरु को भिडभाड शुन्य रहेको छ ।

आठ-नौ वर्ष पहिले गंगा दशहारा मेला र जनैपुर्णिमा को बेला मात्र मानिसहरु मेला भर्न आउथे भने आजभोली बाह्रै महिना मानिसको आइरो लाग्ने गर्दछ त्यसैले आम व्यापर व्यवसायीहरुको आर्थिक स्थिति राम्रै थियो ।

माहामारीको रुपमा रहेको कोभिड १९ का कारण धार्मिक रुट, तामाङ सम्पदाह सुनसान नै छ । गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाको अध्यक्ष सन्जिव डिएमका अनुसार यस पटक पुजारीद्धारा विधि अनुसार मात्र पुजा हुने बताउनु भएको छ ।

यस पटक गंगा-देशहरा मेला र जनैपुर्णिमा मेलामा कोरोना भाइरसका कारण मानिसहारुको आवत जावत नहुने हुँदा विशेष पुजा मात्र हुन्छ । यस पटकको परिस्थिति नै माहामारी फैलिएको अवस्था छ । विशेष पुजा गर्दा गोसाईक्ण्ड महादेवको कृपाले रोग हराएर जाओस भन्ने कामना सहित पुजा गरिुने गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष डिएमले बताउनु भएको छ ।

२०७२ सालको भुकम्पमा पनि त्यो वर्ष मेला भर्न कोही भक्त जनहरु आएका थिएन र यस वर्ष पनि केही भक्तजन देशकै लकडाउन भएको अवस्था आउने छैनन । जिवनमा एकपटक पुग्नै पर्ने गोसाईकुण्ड भने देश विदेशबाट ओइरो नै लाग्ने यस समय श्न्यता छाएको छ ।

प्रतिक्रिया दिनुहोस्