ललितपुरमा ६ जनामा देखियो आडिटी ‘पोजेटिभ’



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिका वातावरण शाखा अन्र्तगत सरसफाइ उपशाखामा काम गर्ने दुई जना कर्मचारीको आरडीटी रिपोट पोजिटिभ देखिएको छ । ललितपुर महानगरपालिका परिसरमा शनिबार गरेको कोरोना भाइरस (कोभिड–१९) परीक्षणकोक्रममा ४८ र ५० वर्षीय महिलामा पोजिटि भेटिएको हो ।

उनीहरुको दुवैलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भटट्राईका अनुसार दुवै जनाको पीसीआर पनि परीक्षण गरिएको छ ।

यसको रिपोट भने ७२ घण्टा पछि आउने उहाले भन्नुभयो, ‘पीसीआर रिपोट पनि पोजेटिभ आएमा थप उपचार गर्न अस्पतालमै राखिनेछ ।’ महानगरपालिकाले शनिबार सफाइमा काम गर्ने पीसीआर २ सय ११ र आरडीटी १ सय ९१ जना कर्मचारीको परीक्षण गरेका थिए ।

त्यसैगरी महांकाल गाउपालिकामा शनिबार गरिएको परीक्षणमा दुई जना पुरुषको आरडीटी रिपोर्ट पनि पोजिटिभ देखिएको छ । महांकाल गाउपालिका प्रमुख रामचन्द्र दाहालका अनुसार दुर्वलाई गाउपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

पीसीआर रिपोट आएपछि अस्पताल भर्ना गर्ने वा नगर्ने भन्ने टुंगो लाग्ने उहाले बताउनुभयो । उनीहरु तरकारी ओसारपसारमा संलग्न रहेको बताइएको छ । स्वास्थ्य कार्यालय ललितपुरले शुक्रबार कोन्जोस्योम गाउपालिकामा स्वास्थ परीक्षण गर्दा अर्का दुई जना महिलाको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्