गैँडाकोट र कावासोतीमा राँके जुलुस



न्युज अफ नेपाल, नवलपरासी ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल पूर्वि नवलपरासीले गैडाकोट र कावासोतीमा मंगलबार सांझ राके जुलुस निकालेकाछन् ।

हात हातमा राको लिएका तरुण, विद्यार्थीहरुले भारतको हेपाहा प्रबृत्ति विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको बताए ।

सदरमुकाम कावासोती नगरमा गरिएको राके जुलुसमा तरुण दलका मिन गुरुड.गले सरकारलाई मिचिएको नेपाली भूमि फिर्ता गराई सक्कली राष्टबाद देखाउन तत्काल भारतसंग बार्ता थाल्नु पर्ने बताए ।

स्थानीय ईन्द्रचोकबाट तरुण दल र नेवि संघले राके जुलुश निकालेको थियो ।

यसरी नै पूर्वि क्षेत्र गैडाकोटमा पनि तरुण, बिद्यार्थीहरुले कालिका चोक नगरपालिका परिसर हुदै काग्रेस चोक सम्म राके जुलुस प्रदर्शन गरेकाछन् ।

प्रदर्शनका क्रममा जुलुसका सहभागिहरुले भारतीय हस्तक्षेप बन्द गर, हाम्रो भूमि फिर्ता गर, लाचार सरकार राजिनामा देउ जस्ता नारा लगाएका थिए ।

तरुण दल र नेवि संघको दुबै कार्यक्रममा स्थानीय प्रहरीले राको नियन्त्रण गर्न खोजे पनि विरोधकर्ताहरुले कोणसभा समेतको कार्यक्रम सम्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्