किन होला प्रवासमा एनआरएनए नेतृत्वप्रति घृणा बढेको ?



सञ्जयभक्त कँडेल ,लण्डन ।

सत्र बर्ष अगाडि गैह्र आवासीय नेपाली संघको स्थापना हुँदा प्रवासमा श्रम गरिरहेका श्रमिक , विद्यार्थी, व्यापारी सबैमा आशालाग्दो उत्साह थियो तर सत्र बर्ष वित्दा ति आशाहरू घृणामा बदलिएका छन् । एनआरएनए प्रतिनीधि प्रति विश्वाश घटेको छ अनि संस्थाको साख पनि गिर्दो छ । सत्र वर्षमा राजनैतिक दलका प्रतिनीधि भन्दा बढी अभिनय गर्न नसक्नु, पैसा र शक्तिको चलखेलका लागि भन्दा कुनै नाटक मञ्चन गर्न नसक्नु नै आजको अवस्था हो ।

किन घृणा गर्छन प्रवासी नेपाली एनआरएनए प्रतिनीधिलाई ?

प्रथमतस् भविष्यमा जात र राजनीतिले संस्थामा स्पेश पाउनु नै पतनको मुख्य कारण हुनेछ । गुण भन्दा संख्याले नेतृत्व चयन हुनु नै मुख्यतः संस्थाको लागि अभिशाप भएको हो । भिजन भएका भन्दा नेता उत्पादन गर्न बनाइएका केहि जातिय संस्थाको निरंकुश प्रवृति नै घाटीको पासो भएको छ गैह्र आवासीय नेपाली संघलाई । हुन त प्रजातन्त्रमा संख्याले नै राजनीति हुन्छ तथापी जातीय संस्थाले पनि राम्रोलाई भन्दा हाम्रोलाई काखी च्यापेको भएर यसरी गन्हाएको हो !

राजनैतिक दलका पण्डितहरुको अनावश्यक हस्तक्षप पनि आजको अर्को दुषित परिणाम हो । हुनत एनआरएनएका प्रतिनिधिहरु राजनीति थाहा नभएको अभिनय गर्छन तर उनीहरूको व्यवहार , निर्णय र कर्म हेर्दा लाग्छ एनआरएनए उनीहरुकै आफन्त , आसेपासे र हनुमानका लागि मात्रै जन्मिएको संस्था हो । त्यसैले यो संस्थाबाट आम प्रवासी नेपाली भेदभावको शिकार भएका छन । बदला लिन र देखाईदिने जमात बनेका झुण्डले गर्दा प्रवासी नेपालीको ९५ ५ हिस्साले यो संस्थाबाट न्याय पाउन सकेको छैन ।

८५ भन्दा बढि देशमा फैलिएको यो संस्थामा सम्वन्धित देशमा बसोवास गरिरहेका प्रवासी नेपालीको १०५ जनसंख्या पनि नअटाउनु उदेक लाग्दो छ । त्यो पनि चुनाव जित्नकै लागि बनाइने डमी संख्याले धन्न इज्जत धानेको छ । प्रवासमा निर्वाचन गर्दा पनि डमी मतदाता खडा गर्नु , बुथ लुट्नु र नेपालकै गुण्डागर्दी शैलीमा धम्काउने प्रवृति र भिजन नभएका तर राजनैतिक मालिकले खटाएका केहि प्रतिनीधिले गर्दा नै आजको दिन आएको हो हामीलाई विदितै छ ।

प्रवासी नेपालीको समस्या जस्ताको त्यस्तै ?

नेपाली व्यापारीको संरक्षणमा एनआरएनए संग भिजन नै छैन । प्रवासमा रहेका नेपालीको कानुनी समस्या , आप्रवासी समस्या , विद्यार्थीको समस्या , गोर्खाको समस्यामा , खाडीका मजदुर लगाएतका समस्यामा एक इन्ची नखोस्रेको संस्था कसरी आप्रवासी नेपालीको भयो रु न प्रवासमा रहेका संस्थासंग मैत्री सम्वन्ध गासेर प्रवासी नेपालीको हितमा संस्थाले केहि गर्‍यो । फेरि धैरै दुतावाससंग गैह्र आवासीय नेपाली संघको सम्वन्ध पनि प्रष्ट छैन ।

एउटा नेपालीको लास नेपाल पठाउन दाजुभाई साथी मिलेर चन्दा उठाएको हामीले देखेकै छौ । खाडी लगाएत संसारभर कति नेपाली जेलमा छ्न , प्रवासमा कति कागजपत्र नभएका नेपालीको लागि गैह्र आवासीय नेपाली संघ किन मौन छ रु गोर्खाहरु भाषा लगाएत विभिन्न समस्याबाट गुज्रीरहेका छ्न ।

यहाँ त आफ्ना राजनैतिक दलका नेतालाई स्वागत गर्ने , कालो पैसालाई सेतो बनाउने , दुताबासलाई थर्काउने , आफ्ना भरौटेहरूलाई पद बाड्ने आफै खाँदा र माला लगाउने आफै आफैमा बधाई लिने र दिने , यिनीहरुको विरुद्वमा वोल्नेलाई बदला लिने र धम्क्याउने भन्दा केहि देखिएन । यो कसरी छाता संस्था भयो रु सबैभन्दा यहि संस्था बढी भेदभाव गर्छ । खल्तीमा अमेरिकन , युरोपियन अनि अष्ट्रेलियन पासपोर्ट खल्तीमा राखेर यिनीहरूबाट समृद्धि खोज्नु ८० लाख प्रवासी नेपालीको लागि मुर्खता मात्रै हो ।

सबैले थाहा पाउनुपर्ने

कुरा बेलायतबाटै गरौ । आइसीसीमा सबैभन्दा ठूलो एनआरएन बेलायत गैह्र आवासीय नेपाली संघमा बलियो पकड राख्छ तर आजसम्म किन एनआरएनए बेलायतले आफ्नो भवन बनाउन सकेन रु स(साना जातीय संस्थाको आफ्नै घर छ रु तमुधि , किरात राई , मगर संघ सबैले आफ्नो घर बनाएका छन । तर सबैको साथ र सर्मथन पाएको गैह्र आवासीय नेपाली संघ बेलायतले उठाउने पैसा कहाँ गयो रु नेपाल हाउस बनाउने प्रतिवद्धता लिएर ४ वटा अध्यक्षको कार्यकाल सकिसकेको छ बेलायतमा ।

हजारौ विद्यार्थी इमिग्रेशनका कारण पिडित भए तर विद्यार्थीका लागि एनआरएनए बेलायतले गोहिको आशु पनि चुहाएन । ससाना नेपाली व्यापारका लागि कुनै कदम उठाएन न त यो देशको कुनै प्रविधि नेपालमा भित्राएर देशलाई गुन लगायो । न त नेपाली डाक्टर , इन्जिनिएर , डाक्टर , प्रोफेसर वा अन्य स्किल म्यानपावरलाई संगठित गरेर नेपाललाई गुण लगाउन प्रयास गर्‍यो बरु त्यस्ता स्किल वर्कर र थिङ्क ट्याङ्कलाई संस्थाबाट कोषौ टाडा राखेर अपमान मात्रै गरि रह्यो ।बेलायतमा २ लाख नेपाली बस्छन तर किन डमी सदस्य समेत गरि मुस्किलले १४००० सदस्य मात्रै एनआरएनए बने , यो बिषय पनि सोचनिय छ ।

किन यस्तो भएको होला ?

नेता उत्पादन गर्न बनेका संस्थाले बुझ्नु पर्ने बेला भएको छ । प्रवासमा जात र रंग भन्दा माथि उठेर अहिलेको विषम परिस्थितिको सामना गरी हाम्रा नागरिकता , गोर्खा , विद्यार्थी लगाएतका समस्या समाधान गर्न हामीले संख्या भन्दा पनि गुण र क्षमताका आधारमा नेतृत्व चयन गर्न सक्नुपर्छ । नेपालीको प्रवासमा अस्तित्व बचाउने हो र नेपालमा हाम्रो स्थान सुरक्षित राख्ने हो भने डा सूर्य सुवेदी , डा पदम सिम्खडा लगाएत संसार भरका विद्धान प्रवासी नेपाली र कि वर्करलाई संगठित गर्ने पहिलो कदम गैह्र आवासिय नेपाली संघले गर्नुपर्छ ।

कसरी गर्न सकिन्छ गैह्र आवासीय नेपाली संघलाई व्यवस्थापन ?

गुण र क्षमताको पहिचान गरौ । हाम्रा कार्यक्रम प्रवासी नेपालीहरूको हितमा तयार गरौ । संस्थाको भद्रगोल र स्वार्थले नेपालमा बसोवास गर्ने नेपालीको मनमा पनि एनआरएनलाई सम्मान छैन । देशको आर्थिक उन्नतिका लागि दत्तचित भएर लागि परौ र प्रवासका उन्नत्त प्रवृधिलाई स्वदेशमा भित्राऔ । विभिन्न सिप र तालिमलाई देश भित्र भित्राउने काममा नेपाल सरकारको सहयोगी हुनसक्छ एनआरएनए ।

बेलायतकै हकमा भन्ने हो भने मिटिङ्ग र भ्रमणको नाममा गरिने खानपिन र खर्च मात्रै रोक्ने मात्रै हो भने एकै कालमा दुईवटा नेपाल हाउस बनाउन सकिन्छ । थोरै मात्र नेपालीको विश्वाश जित्ने हो भने ५ पाउण्ड मात्रै उठाए पनि बर्षको मिलियन पाउण्ड उठाउन सकिन्छ ।

चन्दा दुरुपयोग , लेटरप्याड दुरुपयोग, नजिकका मान्छेलाई बाडिने पद , अनावश्यक खर्च , अनावश्यक भ्रमण , शक्ति दुरुपयोग यि सबै संस्थागत भ्रष्टाचार हुन । यसलाई बेलैमा नरोक्ने हो भने छिट्टै यस संस्थाको विकल्प नजन्मेला भन्न सकिन्न ।

नेपाली सस्कृति त केहि हदमा नेपालीहरूका सामाजिक संस्थाले जोगाउने गरेका छ्न तर प्रवासी नेपालीको अस्तित्वलाई दुबै क्षेत्र नेपाल र प्रवास सुरक्षित राखेर दोश्रो पुस्तामा नेपाल भर्न अझै पनि एनआरएनलाई समय छ ।

प्रतिक्रिया दिनुहोस्