आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



धनुषा,

आफ्नै २३ वर्षीया श्रीमतीबिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका-९ लालभित्तीबस्ने हरि चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमानआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउना साथ प्रहरी उनको खोजी तथा अनुसन्धानमा जुटेको थियो ।

सो क्रममा सोही नगरपालिका-१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामाहत्या गरेर गाडेको भन्नेजानकारी आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर रप्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा बिनुको शव फेला पारेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्