कोरोनाको खोप र नेपालको सन्दर्भ



डा. रामहरि चापागाईं/ डा. बिष्णुनाथ गिरी 

डिसेम्बर २०१९ मा चिनको हुवान प्रान्तबाट शुरु भएको सार्स–२ ले गर्ने कोभिड १९ अहिले विश्वभर महामारीको रुपमा फैलिएको छ । यस रोगबाट २०७७ वैशाख २१ गते सम्ममा विश्वभर ३५ लाख ६९ हजार २४ जनालाई लागेको तथा २४ हजार ७४ सय ७३ जनाको ज्यान गएको छ भने ११ लाख २५ हजार २ सय ५५ जना निको भएर घर फर्किएका छन् । अझै ५१ हजार भन्दा बढी मानिस ज्यादै ग्रसित भएर अस्पतालको आइसियु लगाएतमा विशिष्ट किसिमको सैयामा छटपटाई रहेका छन् ।

नेपाल वंगलादेश जस्ता अल्पविकासित देश देखि युके, अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरु आ–आफ्नो हैसियतमा यो रोग विरुद्ध लडिरहेका छन् । यो रोगकै कारण विश्वको करिब एक तिहाई बस्तीहरु बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । हवाई, रेल तथा सडक यातायातका साधनहरु बन्द छन् । सम्पुर्ण विद्यालय तथा कलेजहरु बन्द छन् । मनोरञ्जनका स्थलहरु, धेरै मान्छे भेला हुने हल, खेलकुद, सभा सम्मेलनमा रोक लगाइएको छ । यो रोगले विश्व अर्थतन्त्रलाई नै नराम्ररी प्रभावित बनाएको छ ।

यसरी छोटो अवधिमा विश्वभर महामारीको रुपमा फैलिएको यो रोगको बारेमा जान्न र त्यसको उपचार तथा रोकथामको लागि विश्वको सबै मुलुकहरु आफ्नो गच्छे अनुसार लागिरकेका छन् ।

विश्वभरमा रहेको खोज अनुसन्धान तथा उपचारका क्रममा देखिएको चिन्ह, लक्षण तथा अपनाइएका उपचार पद्धतिको आधारमा हाल सम्म यो रोगको लक्षणहरु जस्तै ज्वरो आउने, जिउ दुख्ने,सुख्खा खोकि लाग्ने, सास फेर्न गा¥हो हुने, सुध्ने शक्ति ¥हास भएर जाने कडा खालको श्वास प्रश्वास समस्या (निमोनिया) हुने, खानेकुराको स्वाद जिब्रोले थाहा नपाउने, पिनास भएजस्तो सिगानमा रगत समेत देखा पर्ने गरेको देखिएको छ । यो रोग सर्ने तरीका र यो रोगको जाच गर्ने प्रविधिको बारेमा विश्वका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले धेरै नै ज्ञान हासिल गरिसकेका छन् ।

यो रोगको बारेमा धेरै जानकारी भएपनि यसको उपचार तथा रोगथामका लागि हाल सम्म साबुन पानिले हातमुख धुने, माक्स लगाउने तथा मानिसहरुको धेरै भिडभाडमा जादा सामाजिक दूरी कम गर्ने बाहेक व्यक्तिगत तवरमा केहि गर्न सकिने छैन भने नेपाल लगाएत धेरै देशले आफ्नो देशभर बन्दाबन्दी (लकडाउन) गरेर एकै पटक धेरै विरामी पर्ने संख्या घटाउँनुको विकल्प नभएकै कारण लकडाउन गरेका छन् । हालसम्म प्रयोगमा ल्याईएको औषधिहरुले पनि यो रोगको लागि खासै उपयोगी हुन सकेको छैन ।

वृद्धवृद्धा, शरीरमा पहिलानै अन्य रोग भैरहेको जस्तै उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, क्यान्सर, दम, मुटुरोग भएकाहरुलाई छिटो र कडा किसिमले आक्रमण गर्ने, यो रोग एकपटक लागेपछि फेरी लाग्ने नलाग्ने कुरा एकिन भैसकेको छैन । देशको कुल जनसंख्याको करिब ३० प्रतिशत लाई यो रोग नलागिकन यो रोग विरुद्ध समाजनै सुरक्षित हुने (हर्ड इम्युनिटी) प्रष्ट नहुने हुदा र जाडो गर्मी सबै मौसममा यो रोग देखिएकोले हामी यो रोगको निश्चित औषधि वा खोपको विकास र प्रयाप्तता नहुन्जेल यो रोगसंग सकेसम्म कम हानी व्यहोरेर बस्नुको विकल्प छैन ।

यतिबेला हरेक व्यक्तिले व्यक्तिगत सरसफाई तथा सामाजिक दुरी कम गर्ने बाहेक बन्दाबन्दीले रोग लाग्ने समयलाई पर धकेल्ने तथा देशलाईरोग विरुद्ध लड्नको लागि सामान, स्थान र दक्ष जनशक्तिको जोहो गर्न समय दिने मात्र हुदा नयाँ औषधि वा खोपको उपलब्धता नहुन्जेल सम्म सकेसम्म कम क्षति व्यहोर्ने तिर नै ध्यान दिनु पर्छ ।

यो जिवाणुको कारण लाग्ने रोग भएकोले यसको विरुद्ध औषधिको सम्भावना ज्यादै न्युन छ भने खोप मात्र एक अन्तिम अस्त्र हो । कोभिड १९ विरुद्धको खोप विकास गर्न चीन, अमेरीका अष्ट्रेलिया लगाएतका देशका वैज्ञानिकहरु अहोरात्र खटिरहेका छन् भने नयाँ खोप विकासमा केहि उपलब्धि पनि हासिल भएका छन् । फलस्वरुप नयाँ बनेका केहि खोपहरुको सुरक्षाको अध्ययनका लागि मानवमा परिक्षण शुरु भैसकेको छ । यसको अर्थ अवको केहि महिनामा यो खोप उत्पादनतर्फ जान्छ भन्ने हो । यहि परिपे्रक्षमा नयाँ खोप विकास संगै यसको उत्पादन र वितरणमा ठुलो समस्या पर्ने पनि देखिएको छ । किनभने यो रोगले विश्वलाई नै च्यापेको छ ।

विश्व नै यो खोप प्रति चासोका साथ बसेको छ ।

विश्वमा सबै मानिसलाई सकेसम्म छिटो यो खोप लगाउन पाए हुन्थ्यो भन्ने छ । तर खोप विकास गर्ने मुलुकले आफ्ने देशका जनतालाई पहिले हेर्नुपर्ने हुन्छ । त्यसैगरी यो खोपको उत्पादन क्षमता पनि सबैलाई पुग्ने गरि छिटै उत्पादन गर्न सकिने हुदैन । विश्वमा त्यस्तो खोप उत्पादन गर्ने कारखानाको पनि कमि छ । खोप उत्पादन हुन थालेपछि त्यस्को विक्रि मुल्य पनि महङ्गो पर्न जान्छ । यसरी माग वृद्धि हुने, आपुर्ति कम हुने तथा क्रय क्षमताको कारणले यो खोप उत्पादन भएको केही वर्ष सम्म विकसित मुलुकहरलाई मात्र ठिक्क हुने देखिन्छ ।

हाम्रो जस्तो आर्थिक अवस्था कमजोर भएको मुलुकलाई त यो खोप प्राप्त गर्ने धेरै टाढाको बिषय हुन जान्छ । विषम परिस्थितिलाई अनुकुल पर्ने एउटा उपाए विश्व स्वास्थ्य संगठन लगाएत अन्य गैर सरकारी संगठनहरुले पहल गरेपनि गरिब मुलुकहरुमा यो खोपको सुनिश्चितता हुन केहि वर्ष लाग्छ नै । यस्तो विषम परिस्थितिलाई हाम्रो अनुकुल पार्ने एउटा अचुक उपाए हामीले कोभिड १९ रोग विरुद्ध बन्दै गरेको खोपको परिक्षामा सहभागिता जनाउन प्रयास गर्ने हुनसक्छ ।

हाल सम्म खोपको विकासको दौडको अवस्थामा रहेको चीनले कोभिड १९ नियन्त्रण गरिसकेको छ भने अमेरीका रोगसँगै लड्दै , रोग नियन्त्रणमा नजिक पुगिसकेको दाबी गरिरहेको छ । यता युके भने रोग नियन्त्रणको नजिक पुगेकोछ ।

त्यसैले चीनको खोप परिक्षण संगको सामिप्यता तथा उसले पुर्वाधारमा गरेको लगानी एवं अफ्रिकि मुलुकहरुमा विकास भैसकेको खोप अनुसन्धानको पुर्वाधारको आधारमा अफ्रिकामा केन्द्रित हुन सक्ने सम्भवना बढी छ भने अमेरीका युके आदी देशले पनि खोप परिक्षणमा अन्य देशहरु तर्फनै आकर्षित हुने सम्भावना बढी हुन्छ ।

नेपालमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद गठन भै कार्यरत रहेको, नेपालमै विभिन्न समयमा खोप सम्बन्धि परिक्षण र अध्ययन भैसकेको आधारमा कोभिड १९ विरुद्ध खोप अध्ययन गरिरहेका संस्थाहरुमा नेपाल सरकार तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यतिबेला आफ्नो भूमिका देखाउने बेला हो ।

यदि नेपालमा परिक्षण गरिएका खोप व्यवसायीक उत्पादनमा पुगेमा उत्पादन शुरु भएकै बेला देखि निश्चित मात्र नेपाललाई निशुल्क उपलब्ध गराउने शर्तमा नेपालमा खोपको दोस्रो, तेस्रो चरणको अनुसन्धान गर्न पहल गर्नु पर्दछ । यसो गर्दा एकातर्फ यो कोरोनाको कस्तो कहरको बेलामा विषम परिस्थितिमा पनि नेपालले कोभिड १९ विरुद्धको खोप पाउने सुनिश्चितता हुन्छ भने नेपालमा रहेको स्वास्थ्य संघ संस्थाको अनुसन्धान गर्ने क्षमताको पनि वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्