कफी र फास्टफुडप्रेमी रमाए



अकल्यान्ड, (एजेन्सी)

कोभिड–१९ महामारी फैलिन नदिन सरकारले कडा रुपमा लागू गरेको झन्डै पाँच सात हप्ता लामो लकडाउन हटाइपछि न्युजिल्यान्डका जनताको पहिलो आकर्षण कफी र फास्ट फुड भएको छ ।

सतर्कताको स्तर तेस्रो स्थानमा झेरेपछि खाद्यान्न पसलहरु र केही अत्यावश्यकको सूचीमा नभएका व्यापार व्यवसाय पनि खुलेका छन् । लकडाउन खुलेको केही क्षणपछि नै कफीसप र म्याकडोनाल्डस आउटलेटहरु बाहिर लामो लाइन जम्मा भएको छ । तिनीहरुमध्ये धेरैले धेरै दिनपछि कसैले बनाइदिएको मीठो कफीको आनन्द नै बेग्लै भएको रमाउँदै बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्