सांसद अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न टेकु प्रहरीमा जसपाका नेताहरु(फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौँ ।

गत बुधबार मध्यराती जनकपुरबाट अपरण गरेर काठमाडोैँ ल्याईएका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।घटनामा संलग्न पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै उपत्यका प्रहरी परिसर टेकुमा मुद्धा दर्ता गराउन पुगेका हुन् ।

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए।जाहेरी दिन अहिले नेताहरू परिसर कार्यालयमै छन्। उनीहरूको जाहेरी दर्ता भने भइसकेको छैन।

तस्वीर :अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्