महामारीमा धुलिखेलका युवाहरुको उदाहरणीय काम (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

धुलिखेलका स्थानिय युवाहरूले लकडाउनमा हिड्ने पैदल यात्रीलाई सहयोग गर्दै उदाहरणीय काम गरेका छन् ।

स्थानीय युवाले जुत्ताहरु जम्मा गरेर बाटो हिड्ने पैदल यात्रीहरुलाइ सहयोग गरिरहेका छन् । युवाहरुका अनुसार यस्तो कठिन परिस्थितिमा धुलिखेलको बाटो हुँदै पूर्वका विभिन्न ठाँउ पैदल यात्रा गरिरहेका मानिहरुलाई समस्यामा परेको देखेपछि यस्तो नयाँ सोच आएको हो । पाँच ६ दिन अघिबाट सुरु भएको यो उदाहरणीय सेवा संगसगै अहिले पानी र सामान्य खाजा पनि वितरण गर्न थलेको युवाहरु बताउछन् ।

पैदल यात्रीहरुबाट अन्यमा रोग नफैलियोस् भनेर स्यानिटाइजर पनि छर्किने युवाहरु बाताउछन् । नेपाल प्रहरीसंग समन्वय गर्दै सक्ने जतिलाइ बाटोमा हिड्ने खाली सवारीसधानको समेत ब्यबस्था गरिदिने गरेको स्थानीय युवाहरु बताउछन् ।

तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्