काेराेना र नेपालको अर्थतन्त्रमा यसको असर



कृष्ण लामिछाने

चीनको वुहानमा गत ३० डिसेम्बरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) यतिखेर दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो महामारी र चुनौतीको रुपमा देखा परेको छ । विश्वका करिब ७ अर्ब जनसंख्यामध्ये झन्डै १५ लाख मानिस संक्रमित भएको र ८८ हजारभन्दा बढी मानिसले मृत्युवरण गरेको अवस्थाले अहिलेको विश्व अत्यन्त त्रसित र भयभित भएको छ । ठूला–ठूला हतियार, सम्पत्ति र प्रविधिको विकासले पनि यो भाइरसको अगाडि घुँडा टेकेको अवस्था छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा यो कोरोना भाइरस यही चैत्र ४ गतेपश्चात् मात्र प्रत्यक्षरुपमा प्रवेश गरेको पाइन्छ । त्यसपछि हालसम्म मात्र ९ जना संक्रमित भएकामा एकजना ठीक भइसकेको र बाँकी सबै उपचाररत रहेका छन् । मृत्युहुनेको संख्या भने शून्य छ । विश्वका सबै शक्तिसम्पन्न राष्ट्रहरु यसका विरुद्ध लडिरहेका छन् । तर सफलता हासिल गर्न सकेका छैनन् । यसका विरुद्ध लड्न विभिन्न देशले विभिन्न नीति र विधिहरु अपनाइरहेका छन् तर पँर्णरुपले सफलता हासिल गर्न सकिरहेका छैनन् ।

चीन, नेपाल, भारतलगायतका धेरै मुलुकले आ–आफ्ना मुलुकमा लकडाउन गरेको अवस्था छ । सीमा बन्द गर्ने, जो जहाँ छ त्यहीँ रहने र सामाजिक दूरी कायम गर्दै व्यक्तिगत सरसफाइमा ध्यान दिने, पटक–पटक साबुन–पानी वा स्यानिटाइजरले हात धुने, हाच्छ्युँ गर्दा वा खोक्दा नाक–मुख छोप्ने, भीडभाड वा बिरामीको नजिकमा जाँदा मास्क र व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउने भन्ने अभ्यास पनि अवलम्बन्न गरिएको छ ।

इटली, उत्तर अमेरिकालगायतका केहीे विकसित देशहरुले भने लकडाउन नगरीकन माथि उल्लिखित सबै कुरामा ध्यान दिँदै आएका छन् । बिरामीको चेकजाँच र उपचार द्रुतगतिमा गर्दै गर्ने अनि कामकाज पनि सामान्यरुपमा गर्दै गर्ने गरेका छन् । यसरी उनीहरुले स्वास्थ्य सेवा र आर्थिक क्रियाकलाप सँगसँगै लैजाने नीति अपनाएको पाइन्छ । कुन शैली ठीक हो र यसको भ्याक्सिन कहिले निस्कने हो भनेर हामी सामान्य व्यक्तिले अहिले नै भन्न सक्ने अवस्था भने छैन ।

सामान्यतया यो महामारीले स्वास्थ्य क्षेत्रमा मात्र असर पार्न सक्छ भनेर आँकलन गरिएला, तर यसको असर एक देशमा मात्र नभएर विश्वभरि नै हरेका क्षेत्रमा पर्ने कुरा निश्चित छ । यो विश्व महामारीका विरुद्ध संसारभरिकै खर्बौं रुपियाँ खर्च भैसकेको छ । उद्योग कलकारखाना, व्यापार व्यवसायमा ठँलो गिरावट आएको छ । विश्वका करिब २५ लाख मानिस बेरोजगारीको चपेटामा परिसकेका छन् । यसको असरबाट नेपाल पनि अलग रहन सक्दैन ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा, राष्ट्रिय जनगणना वि.सं. २०६८ (सन् २०११) र आर्थिक सर्भे सन् २०१७/०१८ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन कृषि क्षेत्रले २९.३७, जलस्रोत क्षेत्रले ८.९०, वन क्षेत्रले १५, खनिज क्षेत्रले ०.६३, उद्योग वाणिज्य क्षेत्रले ५.६७, पर्यटन क्षेत्रले २, विप्रेषण क्षेत्रले २९.९ प्रतिशत र अन्य क्षेत्रले ११.२० प्रतिशत योगदान गरेको पाइन्छ । तर वर्तमान कोभिड–१९ को असरका कारण यही चैत्र ११ गतेदेखि शुरु गरिएको लकडाउ कार्यक्रमले लेपालको अर्थतन्त्र विचलन हुने कुरा निश्चित छ । कृषि क्षेत्रमा यसको असर केही न्यँन होला तर अन्य सबै क्षेत्रमा यसको असर निकै पर्ने र ठँलो आर्थिक संकट अर्थात् मन्दीको चपेटामा परिने कुरा सुनिश्चित छ, जुन कुराको परिपँर्ति गर्न वा सहज हुन नेपाल सरकारलाई कम्तीमा पनि ५ वर्ष थप लाग्ने अनुमान गर्न सकिन्छ ।

यसबाट नेपाललाई चुनौती र अवसर दुवै मिल्नेछन् । किनकि, भारतलगायत अन्य मुलुकमा रोजगारमा रहेका करिब ६० लाख युवा स्वदेश फर्कनेछन् । भर्खरै विश्व बैंकले गरेको एक अनुमानित प्रक्षेपणअनुसार अल्पविकसित र विकासोन्मुख देशहरुको यो वर्षमा कुल गार्हस्थ्य उत्पादन नकारात्मक अवस्थादेखि २ प्रतिशत र विकसित देशहरुको कुल गार्हस्थ्य उत्पादन २ देखि ७ प्रतिशतभित्र रहने अनुमान छ । अब नेपालमा एकमात्र दरिलो गार्हस्थ्य उत्पादन क्षेत्र कृषिको २९.६ प्रतिशत नै देशको अर्थतन्त्रको मुख्य आधार बन्नेछ । यसैमा टेकेर अन्य क्षेत्रहरु जस्तै– जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, वाणिज्य, पर्यटन, यातायात, सञ्चार, मानव संसाधन, अन्तर्राष्ट्रिय व्यापार र अन्तर्राष्ट्रिय रोजगार तथा रेमिट्यान्सलाई प्रवद्र्धन गर्दै पुनः नेपालको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्नेछ ।

चुनौती र असर 

नेपालमा खाद्य समस्या उत्पन्न हुन सक्ने, जनताप्रति सरकारको उत्तरदायित्वमा वृद्धि हुने, जनतामा त्रास र मनोवैज्ञानिक असर उत्पन्न हुने, गरिबीको तह २१.६ प्रतिशतभन्दा पुनः माथि उकालो लाग्न सक्ने हुँदा नेपालमाथि ठँलो चुनौती आइपर्नेछ । यसै गरी देशमा युवा बेरोजगारी ४८ प्रतिशतबाट बढेर ६० प्रतिशतभन्दा माथि हुन सक्ने र वैदेशिक सहायतामा भारी मात्रामा कटौती हुन सक्ने हुँदा झनै समस्या थपिनेछ ।

भ्रष्टाचार, कालोबजारी, चोरी–डकैतीमा वृद्धि हुन सक्ने, भौतिक पँर्वाधार विकासका कामहरु सुस्त गतिमा चल्न सक्ने र अर्थिक वृद्धिमा मन्दी आउने भएकाले सरकारले बेलैमा यसको सामना गर्ने योजना बनाउनुपर्छ ।

यसबाट प्राप्त हुने अवसर, पाठ र सिकाइहरुः

  • विश्व भ्रातृत्व, देश र मातृभँमिप्रतिको पे्रमभावमा वृद्धि हुने ।
  •  देशमा आत्मनिर्भर र स्वावलम्बन जीवन पद्धतिको विकास हुने ।
  •  सरकारलाई पँर्वतयारी तथा सचेतनाका बारेमा पाठ हुने ।
  •  जनतामा स्वास्थ्य, शिक्षा, आहार, नैतिकता, आचरणबारे विकास हुने ।
  •  देशमा स्वरोजगारी प्रणालीको विकास हुने ।
  •  प्रशस्त धनदौलत थुपार्ने, भावी पुस्तालाई सम्पत्ति सञ्चय गर्ने र नीतिगत भ्रष्टाचारी प्रथामा कमी आउन सक्ने ।
  •  देशको आर्थिक विकास एवं समृद्धिका लागि सरकार र जनताको भँमिकाको विषय प्रस्ट हुँदैे जाने ।
    (लेखक लामिछाने आर्थिक समाज नेपाल, कास्कीका अध्यक्ष हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्