४५ वर्षपछि मुजिबुर रहमानका हत्यारा पक्राउ



ढाका, (एजेन्सी)

बंगलादेश स्वतन्त्रता संघर्षका नायक शेख मुजिबुर रहमानका एक हत्यारालाई करिब ४५ वर्षपछि गिरप्mतार गरिएको गृहमन्त्री असादुज्जामान खानले जानकारी दिएका छन् ।

गुप्तचरको रिपोर्टका आधारमा उनलाई भारतमा गिरप्mतार गरिएको बताइएको छ । उनलाई चाँडै फाँसी दिइने अधिकारीहरुले बताएका छन् ।

पूर्वसैन्य क्याप्टेन अब्दुल मुजिदलाई गिरफ्तार गरेको गृह मन्त्री खानले बताए । उनको गिरफ्तारी बंगलादेशका लागि ठुलो उपहार भएको छ, किनभने यसै वर्ष रहमानको जन्म सताब्दी हो । मुजिदले सार्वजनिक रुपमै आफूले बंगबन्धु रहमानको हत्या गरेको स्वीकार गरेका थिए । उनी कयौं वर्षदेखि भारतमा लुकेर बसेका थिए ।

रहमानको हत्यामा संलग्न दर्जनौंमध्ये माजिद पनि एक हुन्, जसको फाँसीको सजाय सन् २००९ को सर्वोच्च अदालतले तोकेको थियो । सन् १९९८ मा तल्लो अदालतले रहमान र उनका परिवारका सदस्यको हत्यामा संलग्न रहेका केही सैन्य अधिकारीलाई फाँसीको सजायँ सुनाएको थियो ।

वर्तमान प्रधानमन्त्री शेख हसिना वाजिद, मुजिबुर रहमानकी छोरी हुन् । हसिना उक्त हत्याकाण्डमा बचेकी थिइन् । उनी त्यतिबेला आफ्नी बहिनीसँग जर्मनीको भ्रमणमा थिइन् ।

उक्त घटनामा रहमान परिवारका ती दुई दिदीबहिनी मात्र बचेका थिए । त्यसपछि तात्कालिन सरकारले रहमानका हत्यारालाई कूटनीतिक जिम्मेवारी सुम्पेर विदेश पठाएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्