ललितपुर उद्योग वाणिज्य संघद्वारा राहत सामग्री उपलब्ध



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानीय तहलाई खाद्यान्न उपलव्ध गराएको छ ।

संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएर श्रमिक तथा विपन्न वर्गका मानिस खाद्यान्नको अभावले भोकै बस्न नपरोस भन्ने हेतुले ललितपुर महानगरपालिकालाई २ टन चामल र १ सय केजी दाल, महालक्ष्मी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल यस्तै गोदावरी नगरपालिकालाई १ टन चामल र ५० केजी दाल उपलव्ध गराएको हो ।

ललितपुर उद्योग वाणिज्य संघले उपलव्ध गराएको खाद्यान्न तीनै वटा स्थानिय सरकारले आफ्नो क्षेत्रमा रहेका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्