४५ बर्षपछि मुजिवर रहमानका हत्यारा पक्राउ



ढाका (एजेन्सी) ।

बंगलादेश स्वतन्त्रता संघर्षका नायक शेख मुजिबुर रहमानका एक हत्यारालाई करिब ४५ बर्षपछि गिरप्mतार गरिएको गृहमन्त्री असादुज्जामान खानले जानकारी दिएको छ ।

उनी गत महिना नै भारत पुगेको र गुप्तचर जानकारीका आधारमा उनलाई मंगलबार गिरप्mतार गरिएको थियो । उनलाई चाँदै फाँसी हुने अधिकारीहरुले बताएका छन् ।

प्रहरीले पुर्व सैन्य क्याप्टेन अब्दुल माजिदलाई गिरफ्तार गरेको गृह मन्त्रीले बताए । उनको गिरफ्तारी बंगलादेशका लागि ठुलो उपहार भएको छ, किनभने यसैबर्ष रहमानको जन्म सताब्दी हो । माजिदले सार्वजनिक रुपमै आफुले बंगबन्धु रहमानको हत्या गरेको स्विकारेका थिए । उनी कयौं बर्ष देखि भारतमा लुकेर बसेका थिए ।

रहमानको हत्यामा संलग्न दर्जनौं मध्य माजिद पनि एक हुन्, जसको फाँसीको सजायँ सन् २००९ को सर्वोच्च अदालतले कायम राखेको थियो । सन् १९९८ मा तल्लो अदालतले रहमान र उनका परिवारका सदस्यहरुको हत्यामा संलग्न रहेका केही सैन्य अधिकारीहरुलाई फाँसीको सजायँ सुनाएको थियो ।

बर्तमान प्रधानमन्त्री शेख हसिना वाजिद, मुजिवर रहमानकी छोरी हुन् । हसिना उक्त हत्याकान्डमा बचेकी थिइन्, किनभने उनी त्यतिबेला आफनी बहिनीसँग जर्मनीको भ्रमणमा थिइन् ।

उक्त घटनामा रहमानको परिवारका ती दुई दिदिबहिनी मात्र बचेकी थिइन । त्यसपछि तात्कालिन सरकारले रहमानका हत्याराहरुलाई कुटनितिक जिम्मेवारी सुम्पेर विदेश पठाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्