युवा खेलाडीद्वारा ट्रफी बेचेर कोरोना कोषमा सहयोग



नयाँ दिल्ली, (एजेन्सी) । 

गल्फर अर्जुन भाटीले विश्व जुनियर गल्फ च्याम्पियनसिपका तीन उपाधि र ए राष्ट्रिय उपाधिसहित आफ्ना सबै १ सय २ वटा ट्रफी बेचेर कोभिड १९ विरुद्ध लडाइका लागि रकम सहयोग गरेका छन् ।

१५ वर्षीय भारतीय गल्फरले कूल ४ लाख ३० हजार भारतीय रुपियाँ आपात स्थिति प्रधानमन्त्री नागरिक सहायता तथा राहत कोेष (पीएम केयर्स फन्ड) मा दान दिएका हुन् । भाटीले आफ्ना ट्रफीहरु आफ्ना नातेदार र साथीहरुलाई बेचेका थिए ।

उनले ट्वीट गरे—पछिल्ला ८ सालमा देश विदेशमा जितेर कमाएका १०२ ट्रफीहरु मैले देशमा यस्तो संकटको समयमा १०२ जनालाई दिएको छु । मेरो योगदानमा मेरी हजुरआमा पहिला त रुनुभयो र फेरि भन्नुभयो, तिमी साँच्चिकै अर्जुन हुन्, आज देशमा मान्छे बच्नुपर्छ, ट्रफी भनेको फेरि आउनेछ ।

प्रतिक्रिया दिनुहोस्