युरोप र अमेरिकामा भयावह बन्दै कोरोना, अमेरिकामा संक्रमित संख्या ४ लाख नाघ्यो



न्युयोर्क (एजेन्सी) ।

अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ८ सय ५७ को मृत्यु भइसकेको छ । ती मध्य न्युयोर्कमा मात्रै ४ हजार ७ सय ५८ को मृत्यु भइसकेको छ । न्युयोर्क सिटीमा शव गाड्न चिहानमा स्थानको अभाव भएको छ ।

अधिकारीहरुले शवहरु सार्वजनिक स्थानमा अस्थायी रुपमा गाड्ने योजनामा काम गरिरहेका छन् । स्थिति राम्रो भएपछि परिवारको इच्छा अनुसार सही स्थानमा गाड्ने बताइएको छ ।

न्युयोर्क र न्युजर्सीमा ठुलो संख्यामा भारतिय संक्रमित छन् । कयौंको मृत्यु भइसकेको छ । यद्यपी यसको सटिक संख्या थाहा हुन सकेको छैन । अमेरिकन एसोसिएसन अफ फिजिसियन अफ इन्डियन ओरिजिनका पुर्व अध्यक्ष सहित कयौं आईसीयुमा छन् ।

अमेरिका सर्जन जनरल कोराना महामारीलाई द्वितिय विश्व युद्धमा भएको पर्ल हार्बर हमलासँग तुलना गरेका छन् । यो हप्तामा अमेरिकामा मृत्यु हनेको संख्यामा उल्लेखनिय बृद्धी हुने उनले बताए ।

यसबीच न्युयोर्क सिटीमा कुनै पनि घरका मालिकले भाडामा बस्नेलाई निकाल्न पाउने छैन । ३ महिनाको भाडा सरकारले दिने छ । वार्षिक एक लाख डलर आम्दानी हुनेलाई सरकारले १ हजार २ सय डलर, विवाहितलाई १ हजार ५ सय र एक बच्चा भएकालाई थप ५ सय डलर खातामा राखिदिने भएकोछ । घरबार विहिन मजदुरको खातामा ३ हजार डलर दिइएको छ ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित १४ लाख ३० हजार ९ सय ४१ पुगेको छ भने यस रोगबाट मर्नेको संख्या ८२ हजार नाघेकोे छ । विगत २४ घन्टामा संक्रमित संख्यामा ८४ हजार ९ सय भन्दा बढी बृद्धी भएको छ । अमेरिकामा मात्रै ३३ हजार ३ सय ३१ बृद्धी भई संक्रमित संख्या ४ लाख ३ सय ३५ पुगेको छ ।

त्यसैगरी स्पेन र इटालीमा संक्रमणमा सुधार जारी छ । स्पेनमा ५ हजार ३ सय ६७ र इटालीमा ३ हजार ३९ नयाँ संक्रमित देखिए । स्पेनमा अहिलेसम्म यस महामारीबाट १४ हजार ४५ र इटालीमा १७ हजार १ सय २७ को मृत्यु भइसकेको छ ।

यसको विपरित फ्रान्समा ११ हजार भन्दा बढी नयाँ संक्रमित देखिए भने जर्मनीमा ४ हजार २ सय ८८ नयाँ संक्रमित आए । फ्रान्समा संक्रमित संख्या १ लाख ९ हजार र जर्मनीमा संक्रमित १ हला ७ हजार ६ सय नाघेको छ ।

चीनको वुहानबाट गतबर्ष डिसेम्बरको अन्त्यतिरबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिने क्रममा अमेरिका र युरोपको स्थिति भयावह बनेको छ ।

यस अवधिमा अमेरिकामा १ हजार ९ सय ७० जनाको मृत्यु भयो भने त्यसपछि सबैभन्दा बढी फ्रान्समा १ हजार ४ सय १७ को मृत्यु भयो । बेलायतमा ७ सय ८६ को मृत्यु भएको छ भने यहाँ संक्रमित संख्या ५६ हजार २ सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्