बझाङमा एक पुरुष मृत भेटिए



मानबहादुर बोहरा, बझाङ ।

बझाङमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मष्टा गाँउपालिका वडा नम्बर १ जिन्डाडा घर भएका ४० वर्षका रामचन्द्र ऐडि (राम्या) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मजदुरी काममा घरबाट गएका ऐडि घर नपुगेपछि उनका आफन्तले खोजि गर्दा समदेउ नजिकै सडकमा मृत फेला पारेको मृतकका श्रीमति तुलसा ऐडिले बताउनु भयो ।

जिल्ला प्रहरि कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले शवलाई पोष्टमाटनको लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको बताउँदै घटना बारे अनुसन्धान चली रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्