भारतमा कोरोनाले १४ महिने बच्चाको मृत्यु



जामनगर (एजेन्सी)

भारतको गुजरात राज्यको जामनगर जिलामा १४ महिनाका एक बच्चाको कोरोनाबाट मृत्यु भएको छ । बच्चामा आइतबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बच्चाको स्थिति खराब भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मंगलबार बच्चाको मृत्यु भयो ।

बच्चामा कोरोना संक्रमण कसरी भयो भन्ने विषयमा स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म पत्ता लगाउन सकेको छैत । जाम नगरमा कोरोना भाइरस संक्रमणको यो पहिलो घटना हो । बच्चामा संक्रमण देखिएपछि उनीहरुको गाउँ डरेडलाई पुर्ण बन्द गरेको छ ।

उक्त बच्चामा कसको सम्पर्कपछि संक्रमण देखिएको हो, प्रशासन पत्ता लगाउने प्रयासमा छ । यद्यपी बच्चाका मातापिता सामान्य मजदुर भएको र उनीहरुले हालैका दिनहरुमा कुनै विदेश यात्रा पनि नगरेकोले स्वास्थ्य अधिकारी संक्रमण्को स्रोत पत्ता लगाउने प्रयासमा जुटेको जाम नगरका कलेक्टर रवि शंकरले जानकारी दिए ।

कलेक्टरले भने, बच्चा उत्तर प्रदेशका एक मजदुरका दम्पतीका छोरा हुन् । उनीहरु जामनगर बाहिरको दरेड औद्योगिक क्षेत्रमा बस्छन र कारखानामा मजदुरी गर्छन् । उनीहरु लामो समयदेखि उक्त क्षेत्रबाटै बाहिर गएका छैनन्, यसको बावजुद उनका १४ महिनाका बेटा कोरोना भाइरसबाट संक्रमित भयो ।
बालकमा संक्रमण देखिएपछि पनि उनका मातापिता जाँचमा कोरोना नेगेटिव आएको बताइएको छ । यद्यपी उनीहरुलाई आइसोलेसनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्