एन्फाद्वारा ललितपुर महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर महानगरपालिकालाई आज दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । एन्फाले जनाए अनुसार सो एम्बुलेन्स राष्ट्रले कोरोना भाइरसविरुद्ध लड्न प्रयोग हुनेछन् । भाइरसको महामारी कम भएपछि एन्फाको एम्बुलेन्स फिर्ता हुने पनि जनाएको छ ।

यी दुई वटा एम्बुलेन्स विश्व फुटबल महासंघ (फिफा) ले एन्फालाई सहयोग प्रदान भएको हो । एन्फाले यसअघि आफ्ना एकेडेमी भवनहरु क्वारेन्टाइनका लागि सहयोग गरेको छ । तीमध्ये रौतहटस्थित एन्फाको महिला होस्टेल क्वारेन्टाइनका लागि प्रयोग भइसकेको छ । त्यस्तै धरान, ललितपुर र बुटवलस्थित एन्फा एकेडेमी पनि क्वारेन्टाइनका लागि प्रयोग हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्