कोभिड १९ परीक्षणका लागि भक्तपुर अस्पतालमा पीपी बुथ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर अस्पताल दूधपाटी भक्तपुरमा आजदेखि कोरोना भाइरस (कोभिड १९) का सम्भावित संक्रमित विरामीको परीक्षणका लागि पीपी बुथ राखिएको छ । अस्पतालको इर्मजेन्सी वार्डको बाहिर वुथ राखिएको हो । डा. महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बुथ वनाएको हो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले कोभिड १९ सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथ राखिएको बताउनुभयो । चिकित्सक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले यसअघि एक कार्यक्रमवीच भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई यो बुथ हस्तान्तरण गर्नुभयो । यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा.. अरुण कुँवर, डा. शंकर ढकाल, इन्जिनियर हरिराम हुमागाई, इन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गर्नुभयो ।

देशभरि कोरोनाको सम्भावित संक्रमितको परीक्षणका लागि ठाउँंठाउँंबाट बुथ बनाएर प्रयोग गरियोस् भन्ने हेतुका साथ नमूना बुथ बनाई हस्तान्तरण गरिएको इन्जिनियर दुवुालले बताउनुभयो । उहाँका अनुसार देशका आल्मुनियम वर्कसपमा यस्ता बुथ बनाउन सकिन्छ । यसका लागि आफूहरुको समूहले प्राविधिक सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्