कोरोना संक्रमणबाट म्यानचेस्टर सिटीका मेनेजरकी आमाको निधन



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डियोलाका आमा डोलर्स साला कारियोको ८२ वर्षको उमेरमा कोरोना भाइरसको कारण निधन भएको छ ।

बार्सिलोनामा कारियोको निधन भएपछि सिटीले सोसल मिडियामा गार्डियोला र उनका परिवार र मित्रहरुप्रति धैर्य धारण गर्न सान्त्वना सन्देश दिएको छ । स्पेनमा सोमबार ६ सय ३७ जनाको कोरोनाभाइरसको कारण मृत्यु भएको छ ।

गत महिना बार्सिलोनाका पूर्व मेनेजर गार्डियोलाले १ मिलियन युरो संक्रमित भाइरसविरुद्ध लड्न दान दिएका थिए । सो सहयोगी रकमले स्वास्थ्य कर्मीका लागि आवश्यक सामन किन्नेमा प्रयोग गर्नेको लागि उनले सहयोग गरेका थिए । ४९ वर्षीय गार्डियोला म्यानचेस्टरमा जुलाई २०१६ देखि रहेका छन् । यसअघि उनी बायर्न म्युनिख र बार्सिलोनाका मेनेजर थिए ।

प्रतिक्रिया दिनुहोस्