लकडाउनमा बान्नी चैतली, स्थानीयद्वारा सरकारको निर्णय उलङ्घन



मानबहादुर बोहरा, बझाङ ।

सरकारको निर्णय यहाँका स्थानीयले उलङ्घन गरेका छन् ।

बझाङ जिल्लामा मनाईने ऐतिहासिक तथा धार्मीक मेलामा स्थानियहरुको भिड नै लाग्ने गरेको छ । सरकारले लकडाउन घोषणा गरी कुनै पनी कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनाआबश्यक भिडभाड गर्न रोक लगाएको छ ।

तर, छबिस पाथिभेरा गाँउपालिका बान्नीचौरमा मनाइने बान्नीकी चैतलीमा भने स्थानियहरुको घुईचो नै लागेको छ । बिश्वमा महामारीको रुपममा फैलीएको कोरोना भाईरसबाट संक्रमणहुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उदेश्यले लकडाउनको घोषण गरिरहेका बेला छबिसपाथिभेरा गाँउपालिकाका स्थानियले भने लकडाउन लाई उलङ्घन गरी हजारौंको भिडभाडमा सोमबार बान्नीकी चैतली मेला मनाएका हुन् ।

 

बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला हुन्छ भन्ने नै थाहा नपाएको भन्दै पछि मात्रै थाहा पाएको बताए । यसबिषयमा गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यसपालिको चैतली मेला भिडभाड गरी मनाउन रोक लगाउँदा पनी स्थानियले अटेरी गरेर मेलामा गएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्