‘-यापिड टेस्ट’ सकिएपछि समुदायको पालो



भगवती तिमल्सिना, काठमाडौं ।

चैत महिनामा विदेशबाट आएका सबैलाई र्यापिड टेस्ट गर्ने निर्णय शनिबारको मन्त्रिपरिषद् बैठकले गरेलगत्तै सोमबारदेखि किट परीक्षण शुरू भएको छ ।सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र बाग्लुङमा संक्रमित बढ्नुका साथै छिमेकी मुलुक भारतबाट आउने नेपालीहरू धेरै भएकाले किट परीक्षण शुरू भएको हो ।

समुदायस्तरमा कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण शुरू गरेको जनाएको छ । किट परीक्षण केही दिनमा पूरा गरी स्वास्थ्य परीक्षणका लागि समुदायमा जाने प्रयोगशालाले जनाएको छ ।

सरकारको निर्देशनअनुसार कैलालीमा क्वारेन्टाइनमा रहेका २ सय जनाको रगतको नमुना लिई पहिलो चरणमा किटबाट परीक्षण गर्ने र तीनै व्यक्तिको खकार पनि पीसीआर विधिबाट परीक्षण गरिनेछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार ¥यापिड टेस्ट किटको परीक्षण परिणामका आधारमा किटको विश्वसनीयता र गुणस्तर जाँच पहिचान गरी अन्यत्र जाने योजना छ ।

परीक्षणका लागि चीनबाट खरिद गरेर ल्याएको ७५ हजार ¥यापिड टेस्ट किट र नेपालमै खरिद गरिएका फरक–फरक कम्पनीका किटहरू प्रयोग गरिने भएको छ ।

युरोपेली मुलुकहरूले चीनबाट भिœयाएका परीक्षण सामग्रीको गुणस्तरीयता र विश्वसनीयतामाथि प्रश्न उठाइरहेका बेला नेपाल सरकारले भने त्यतातिर ध्यान दिन सकेको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा भन्नुहुन्छ– ‘नेपाल सरकारले प्रयोगशालालाई सम्पूर्ण जिम्मा दिएकाले अनुसन्धान परिषद्को खासै भूमिका नभएको र परिषद्लाई एक सदस्यका रूपमा राखिएको छ, जिम्मेवारी केही दिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्