प्रिमियर लिगलाई आर्थिक दण्ड



लन्डन, (एजेन्सी)

यदि यस सिजन फेरि शुरु हुन नसकेमा प्रिमियर लिगले ७ सय ६२ मिलियन पाउन्डको आर्थिक दण्डको सामना गर्नुपर्ने खेलाडीले बताएका छन् ।
यदि प्रसारकहरुले खेलमा रकम फिर्ता माँग गरेमा यस्तो जरिवाना लागू हुनेछ जुन उनीहरुले देखाउन नसक्ने लिगले शनिबार एक सम्मेलनमा बताएकाे हाे ।

 

इंग्ल्यान्डको प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए)सँग कुरा हुँदा सम्झाए कि लिगले किन खेलाडीको ३० प्रतिशत पारिश्रमिक कटाउन चाहेको छ । क्लब र खेलाडीले यसबारे अर्को साता छलफल गर्ने पनि बताएको छ ।

 

प्रिमियर लिगले त्यस्तो निर्णय लिन नसक्ने र यसलाई खेलाडी र प्रशिक्षकले सहमति गर्नुपर्दछ । पीएफए, खेलाडी युनियन र लिग मेनेजरको संघ मेनेजर युनियन शनिबारको बैठकमा सहभागी थिए । एक घण्टाभन्दा कम समय चलेको बैठकमा कुनै सहमति नभएको पनि जनाएको थियो । बैठक दौरान लिगले भन्यो कि सिजन फेरि शुरु भएमा बन्द रंगशालामा खेल्नेछ ।

 

लिगले चेतावनी पनि दियो कि प्रसारकलाई दिनुपर्ने आर्थिक भुक्तानमा लाग्ने दण्डले हजारौं मिलियन पाउन्डको प्रायोजन र खेलको दिनको आम्दानी गुम्न सक्नेछ यदि सिजन रोकिन्छ । यद्यपि पीएफए र अगुवा एजेन्टहरुले पारिश्रमिक कटौतीको सट्टा पारिश्रमिक दिन ढिलो गरेमा राम्रो हुने जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्