कोरोना संकास्पदको नमुना संकलन गर्ने व्यवस्था छैन



बासुदेव शर्मा, जाजरकोट  ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट वच्न सरकारले देशभर सवै तयारी पुरा गरेको वताई रहेका बेला जाजरकोटमा कोरोना संकास्पदको नमुना संकलन गरीवाहिर पठाउने व्यवस्था गर्न सकेकोे छैन ।

कोरोनाको लक्ष्यण देखिएका विदेशबाट आएका संक्रमितहरु सम्पर्कमा पुगेका पनि नमुना संकलन स्वाब गरी राष्ट्रिय प्रयोगशाला, प्रदेश स्तरिय प्रयोगशालामा पठाउने त्यहाँ गरिएको परिक्षणको रिपोर्ट पोजेटिभ, नेगेटिभ थाहा पाउने व्यवस्था गरिएको छ ।

जाजरकोट सदरमुकाम खलंगामा रहेको ५० शैयाको जिल्ला अस्पातलमा यस्तो अवस्था छ भने ग्रामीण भेगका स्वास्थ्य संस्थाको अवस्था कस्तो होला, जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा भाईरल ट्रान्सपोर्ट मिडिया भिटिएम नहुदाँ संकलन गर्न र पठाउन सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।

भिटिएममा संकलन गरिएको नमुना स्वाबलाई टि̯पल प्याक गरी कोल्ड चेन मेन्टेन (२ देखि ८ डिग्री सेल्सियस ) गरी कोरोना परिक्षण प्रयोगशालामा पठाउनु पर्छ हामीसँग भिटिएम र तापक्रम मेन्टेन गर्ने साधन नहुँदा जाजरकोटबाट नमुना संकलन गरि पठाउन सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर अमिन शाहले वताउनु भयो । संकास्पद केस आयो भने स्वास्थ्य सेवा निर्देशनालयमा खवर गर्नु बाहेक अरु केहि गर्न सक्ने अवस्था छैन डाक्टर शाहले भन्नु भयो ।

 

स्वास्थ्य सेवा निर्देशनालयमा खवर गरेपनि विरामीलाई नै पठाउदाँ संक्रमित भएर अरुलाई सर्ने खतरा त्यतिकै जोखिम हुने कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नमुना लिन स्वास्थ्यकर्मीको टोली आउने सम्भावना निकै न्युन देखिन्छ । यस्तो अवस्थामा हामीले कसरी काम गर्ने डाक्टर शाहले भन्नु भयो । दरवन्दी अनुसार स्वाथ्यकर्मी नहुदाँ काम गर्न निकै कठिन भएको छ । करारका स्वास्थ्यकर्मीको भरमा ५० शैयाको अस्पताल चलिरहेको छ ।
केहि दिन अगाडी भारत लगाएत अन्य देश, शहरी क्षेत्रबाट मानिसहरु जिल्लामा भित्रिएका छन । जिल्ला भित्रिएका मानिसहरुवाटै संक्रमण पैmलिन सक्छ, संक्रमण फैलिहालेको अवस्थामा जिल्लामा पुर्वतयारी छैन, जिल्ला अस्पातलमा जनशक्ति, पुर्वाधार र जनचेतनाको अभाव कायमै छ ।
५० शैयाको जिल्ला अस्पतालमा ७ जना विशेषज्ञ चिकित्सक सहित ६५ जना स्वास्थ्यकर्मीको दरवन्दीको व्यवस्था गरेपनि ठुलो संख्यामा स्वास्थ्यकर्मीको दरवन्दी रिक्त भएको लामो समय हुदाँ पनि पदपुर्ती हुन नसकेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । अहिले अस्पातलमा १८ जना दरवन्दीका केहि करारका स्वास्थ्यकर्मी कार्यरत छन् । प्रयाप्त स्वास्थ्यकर्मी नभएको कारण कोरोना भाईरसको संक्रमण फैलिन सक्ने भन्दै अत्यावश्यक वाहेक विरामी वाहेक अन्य सर्वसाधारणलाई अस्पातल सेवा लिन नआउन विज्ञप्ती मार्फत अस्पतालले आग्रह गरेको छ ।
५० शैयाको जिल्ला अस्पतालको अवस्था यस्तो दयनिय छ भने ग्रामीण भेगका स्वास्थ्य संस्थाहरुको अवस्था कस्तो होला । त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले कसरी काम गरेका होलान । जुनीचाँदे गाउँपालिकाको गर्खाकोट र नलगाड नगरपालिकाको दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र छन । नाम मात्रका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा लामो समय देखि डाक्टरको पदपुर्ति नहुदाँ डाक्टर विहिन छन् ।
जाजरकोट जिल्लामा ३१ वटा स्वास्थ्य चौकी छन् । कार्यरत स्वास्थ्यकर्मीले अहिले सम्म व्यक्तिगत सुरक्षाका सामाग्री पिपिई पाउन नसकेको गुनासो गरेका छन । कतिपय स्वास्थ्य संस्थामा ज्वरो नाप्रे डिजिटल थर्मोमिटर छैन वारेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरराज सिहले पिपिई नहुदाँ हामी आफै जोखिममा छौ कसरी सेवा दिन सक्छौ भन्नु भयो ।
वर्तमान सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेत यसै जिल्लाको हुनु हुन्छ । केन्द्रबाट गृह जिल्ला प्रबेश गरेपछि छेडागाड र नलगाड नगपालिकामा १५ शैयाको अस्पताल वनाउने कुरा गरेरै जिल्लाबाट फर्किनु हुन्छ तर विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जाँच गर्ने उपकरण उपलव्ध गराउन सक्नु भएको छैन ।
नेपाल सरकारको स्वामित्वमा रहेका जिल्ला अस्पताललाई आवश्यक सामाग्री लगाएत प्रयाप्त वजेट विनियोजन नगरि सामुदायिक अस्पतालहरुलाई बजेट विनियोजन गर्दा यस्तो समस्या आएको स्थानियको भनाई रहेको छ । माहमारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नागरिक त्रसित वन्दै गएका छन ।

प्रतिक्रिया दिनुहोस्