विश्वमा ११ लाख कोरोना संक्रमित, अमेरिकामा एकै दिन १ हजार १६९ को मृत्यु



न्युयोर्क (एजेन्सी) । 

विश्वमा कोभिड १९ भाइरस संक्रमित करिब ११ लाख पुगेको छ । अमेरिकामा २४ घन्टाभित्र अहिले सम्मकै सबैभन्दा धेरै १ हजार ४ सय ८० को मृत्यु भएको छ । १ दिन अगाडी मात्रै अमेरिका मै एक दिनमा सबैभन्दा बढी १ हजार १ सय ६९ को मृत्यु भएको थियो ।

जोन हप्किंग्स युनिभर्सिटीका अनुसार विहिबार राती साढे ८ देखि शुक्रबार राती साढे ८ को बीचमा १ हजार ४ सय ८० को मृत्यु भएको हो । अहिलेसम्म अमेरिकामा मर्नेको संख्या ७ हजारको आंकडा नाघेको छ । सबैभन्दा बढी न्युयोर्कमा भएको छ र यहाँ मर्नेको संख्या ३ हजार नाघिसकेको छ । विश्वमा यस संक्रमणबाट मर्ने ५९ हजार १ सय ६२ पुगेको छ ।

अमेरिकामा कोराना संक्रमित हुने २ लाख ७७ हजार १ सय ६१ छन् भने विश्वभरी यो संख्या १० लाख ९८ हजार ४ सय ५६ पुगेको छ ।
एसियामा चीनपछि सबैभन्दा प्रभावित इरानमा मर्नेको संख्या ३ हजार १ सय ६० पुगेको छ भने यहाँ ५० हजार ५ सयको हाराहारीमा संक्रमित छन् ।

यसबीच गुणस्तर युक्त चिकित्सकिय सामाग्रीको अभावलाई लिएर न्युयोर्कमा चिकित्सा कर्मचारीहरु प्रदर्शनमा आर्लेका छन् । न्युर्योक र क्यालिफोर्निया राज्यका विभिन्न स्थानमा ब्यानर लिएका नर्स तथा अन्य स्वास्थ कर्मचारी प्रदर्शन गरिरहेका छन् । उनीहरुको माग सरकारले उनीहरुलाई राम्रो गुणस्तरको उपकरण उपलब्ध गराउनु पर्ने रहेका छ । यदि यसको अभावमा उनीहरुको ज्यान गएमा नागरिकहरु बच्न कठिन हुने उनीहरुले बताएका छन् ।

अमेरिकी राष्ट्र्पति डानाल्ड ट्र्म्पले स्थिति नियन्त्रणका लागि सेनाको जिम्मेदारी बढाएको छ । उनीहरुलाई अहिलेसम्म अस्थायी अस्पतालको निर्माण र मेडिकल आपुर्तिमा मात्र सिमित गरिएको थियो । राष्ट्र्पति ट्र्म्पले शुक्रबार युद्ध जस्तो यस स्थितिमा लडनका लागि कोही पनि सही तरिकाले तयार नभएको बताएका थिए ।

उनले भने ,’हामी कोरोना भाइरससँग लडने प्रयासका क्रममा सेनाको जिम्मेवारी बढाउन गइरहेका छौं । किन भने यस युद्ध जस्तो स्थितिसँग लड्नका लागि कुनै राम्रो तरिका तयार छैन । हामी युद्ध जस्तो स्थितिमा छौं । एक अदृष्य शत्रु अगाडी उभेका छौं ।’

प्रतिक्रिया दिनुहोस्