लकडाउनमा काठ तस्करी



सीताराम अधिकारी,धादिङ।

धादिङको ज्वालामुखी गाउँपालिकाबाट अवैध काठ सहित काठ बोक्ने स्वराज ट्रक बरामद गरिएको छ ।सरकारलेकोभिड १९ बाट बचाउन गरेकोलकडाउनकोसमयमामानिसहरुघरभित्रैबसेकोअवस्थामा यसरी तस्करी गरिएको प्रहरीलेफेला पारेकोहो।

प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं १ को साविक मैदी र खरीको सिमानामा रहेको ढल्पु सामुदायीक बनबाट अवैध सालको काठ र ट्रक बरामद गरेको हो ।

अबैध रुपमा चिरान गरेका ३७ थान ६० दशमलव ७३ क्यू.फिट सालको काठ र बा ४ ख १७२७ नम्बरको स्वराज ट्रकलाई पक्राउ गरेको हो । काठ ओसार प्रसारमा संग्लन हुने र ट्रक चालक तथा धनी ज्वालामुखी गाउँपालिका २ का ३२ बर्षीय भिम बहादुर गुरुङ फरार रहेकाले खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

बरामद गरिएको काठ र ट्रक भने डिभिजन बन कार्यालय धादिङमा राखिएको धादिङका सव–डिभिजनल वन अधिकृत लोकनाथ लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्