अमेरिकामा ६६ लाख बेरोजगार



न्युयोर्क ,(एजेन्सी)

 

कोरोना भाइरस महामारी तिव्र रुपमा बढे संगसंगै अमेरिकाको अर्थतन्त्र पनि नराम्ररी चपेटामा पर्न थालेको छ । दुई साता यताकै तथ्यांक अनुसार पछिल्लो समयमा बेराजगार भत्ताका लागि आवेदन दिने अमेरिकीको संख्या सबैभन्दा उच्च स्थानमा पुगेको छ ।

अमेरिकी श्रम मन्त्रालयले २८ मार्च सम्ममा आफु बेरोजगार भएको दावी गर्दै आवेदन दिनेको संख्या ६६ लाख भन्दा बढी रहेको जनाएको छ । एक साता अघिको तथ्यांकको तुलनामा यो संख्या दोब्बर भएको बताइएको छ ।

 

कोरोना संक्रमणबाट अमेरिका ५ हजार ६ सय ४८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख ३६ हजार ३ सय ३९ पुगेको छ । त्यसैगरी ८ हजार ८ सय ६१ जनाको सफल उपचार भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमित संख्या १० लाख १६ हजार ३ सय १० रहेका छन् भने ५३ हजार २ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्