कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु



काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । ७१ वर्षीय एक नेपालीको अमेरिकाको कोलोराडोको एक अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने व्यक्ति एक साताअघि अस्पतालमा भर्ना भएको नेपाली दुतावासले जनाएको छ । यसअघि अमेरिकामा २ नेपालीमा पनि कोरोनाको संक्रमण देखिएको थियो ।

अहिलेसम्म अमेरिकामा कोराना संक्रमित हुने २ लाख १७ हजार ६ सय ६१ पुगेको छ भने विश्वमा यस संक्रमणबाट मर्ने ५३ हजार १ सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्