तुर्कमेनिस्तानमा कोरोना शब्द प्रयोगमाथि नै प्रतिबन्ध



अस्काबात (एजेन्सी) ।

कोरोना भाइरस विरुद्ध विश्व नै युद्ध होमिसकेको छ । विकसित होस् वा विकाशिल, हरेक देश संक्रमण अन्त्य गर्न जुटिरहेका छन् । तर इरानसँग जोडिएको तुर्कमेनिस्तानमा कोरोना सब्दमाथि नै प्रतिबन्द लगाएको छ ।

यहाँ कोरोना बोल्ने र लेख्नेहरुमाथि कारावाही भइरहेको छ । मास्क लगाउन पनि प्रतिबन्द छ । उलंघन गरेको पाइएमा जेल सजायँ हुन सक्छ । सन्चार माध्यमलाई पनि कोरोना शब्द प्रयोग रोक लगाएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमणका बारेमा स्कुल र सरकारी कार्यालय लगायत सार्वजनिक स्थलमा ब्रोसर वितरण गरेको छ । यसमा स्वास्थ्य सम्बन्धी पालना गर्नु पर्ने नियमहरु उल्लख छ तर यहाँ पनि कोरोना शब्द प्रयोग गरिएको छैन ।

राष्ट्र्पति गुरबांगुली बेयरडेमुकामेडावले उक्त प्रतिबन्द लगाएको हो । उनी सन् २००६ देखि सत्तामा छन् । यद्यपी कोरोना सब्दमाथि नै प्रतिबन्द लगाउनुको कारण भने स्पष्ट हुन सकेको छैन ।

रिपोर्टर्स विडआउट बोर्डरक प्रमुख जँ क्यावेलियरले तुर्कमेनिस्तान सरकारको उक्त फैसलाको आलोचना गरेको छ । उनका अनुसार कोराना भाइरससँग सम्बन्धित कुनै प्रकारको प्रतिबन्दले तुर्कमेनिस्तानका नागरिकहरुको ज्यान जोखिममा पार्न सक्छ । यहाँ नागरिकलाई सीमित र एक तर्फी जानकारी दिइरहेको छ । यो खतरनाक स्थिति हो ।

त्यसैगरी कोरोना शब्दमाथि प्रतिबन्द गलत भएको प्रेस फ्रिडम अर्गनाइजेसनले जनाएको छ । सरकारको उक्त आदेश प्रेस स्वतन्त्रता माथि हमला भएको संस्थाले उल्लेख गरेको छ । संक्रमणवाट बच्न पनि यो निर्णय फिर्ता हुनु पर्ने जनाएको छ । प्रेस स्वतन्त्रताको मामिला तुर्कमेनिस्तान १ सय ८० देशको सुचीमा सबैभन्दा पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्