नेपालमा छैठौँ कोरोना संक्रमित भेटिए



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा अर्को एक जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ ।

यसअघि पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्